Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605
विज्ञापन
Advertisement

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जनालाई पक्राउ प्रहरीले पक्राउ गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-४ बस्ने सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय वाङ्दी लामा, भक्तपुर मध्यपुर थिमी नगरपालिका-४ बस्ने रामेछाप घर भएका ३८ वर्षीय ललित बहादुर तामाङ, काठमाडौं महानगरपालिका-१६ बस्ने धादिङ घर भएकी ३४ वर्षीया सन्तोषी लामा, काठमाडौं चन्द्रागिरी नगरपालिका-८ बस्ने ४१ वर्षीय रामदास महर्जन र काठमाडौं महानगरपालिका-१५ बस्ने २९ वर्षीय सरिब गिरी रहेका छन् ।

पक्राउ मध्ये वाङ्दीले अजरबैजान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५० हजार रूपैयाँ, ललित बहादुरले कोसोभो पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ, सन्तोषीले स्पेन पठाइदिन्छु भन्दै १ जना पीडितबाट १५ लाख रूपैयाँ, रामदासले युएई पठाइदिन्छु भन्दै ७ जना पीडितहरूबाट ४५ लाख रूपैयाँ र सरिबले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट २० लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।

वाङ्दीलाई काठमाडौं महानगरपालिका-४ बाट आइतबार, ललित बहादुरलाई काठमाडौं महानगरपालिका-१२ बाट, सन्तोषीलाई काठमाडौं महानगरपालिका-१५ बाट शनिबार, रामदासलाई काठमाडौं महानगरपालिका-१४ बाट शुक्रबार र सरिबलाई काठमाडौं काठमाडौं महानगरपालिका-१५ बाट सोमबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit