Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

मेरियटसँगको सहकार्यमा सिजी हस्पिटालिटीको वेलनेस ब्रान्ड ‘द फार्म’ विश्वस्तरीय बनाउँदै

मेरियटसँगको सहकार्यमा सिजी हस्पिटालिटीको वेलनेस ब्रान्ड ‘द फार्म’ विश्वस्तरीय बनाउँदै
विज्ञापन
Advertisement

काठमाडौं । विश्वभर आफ्नो आतिथ्य व्यवसाय विस्तार गर्दै आएको सिजी हस्पिटालिटीले फिलिपिन्सको प्रख्यात ‘द फार्म एट सान बेनिटो’ लाई अब मेरियट इन्टरनेसनल सँगको सहकार्यमा ‘अटोग्राफ कलेक्सन’ रिसोर्टमा रूपान्तरण गर्ने घोषणा गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

रुपान्तरण सहित रिसोर्ट सन् २०२५ को तेस्रो त्रैमासिकको अन्त्यसम्म सञ्चालनमा आउने छ। यो नयाँ सहकार्यले सिजी हस्पिटालिटीले स्वास्थ्य तथा जीवनशैली केन्द्रित गन्तव्यहरूलाई विश्वभर विस्तार गर्दै आएको प्रतिबद्धतालाई थप सशक्त बनाएको छ। हाल कम्पनीसँग १२ देशका १२७ गन्तव्यमा १९३ भन्दा बढी होटल र रिसोर्टहरू छन्।

५२ हेक्टरमा फैलिएको ‘द फार्म एट सान बेनिटो’ फिलिपिन्सको पहिलो अटोग्राफ कलेक्सन रिसोर्ट हुनेछ। ७० भिल्ला, अत्याधुनिक मेडिकल वेलनेस सेन्टर र समग्र उपचार पद्धतिसहितको यो रिसोर्ट स्वास्थ्य(केन्द्रित पर्यटनको बढ्दो मागलाई सम्बोधन गर्न तयार गरिएको हो।

सिजी होस्पिटालिटीले यसअघि नेपालमा मिराया वेलनेस एण्ड गोल्फ रिसोर्टजस्ता परियोजनामार्फत वेलनेस पर्यटनमा आफ्नो सशक्त उपस्थिति बनाइसकेको छ। सिजी हस्पिटालिटीले पहिलो लगानी श्रीलंकामा गरे पनि यसको सपना र आधार नेपालमै रहेको हो।

सिजी कर्प ग्लोबलको आतिथ्य कम्पनी सिजी होस्पिटालिटी अहिले विश्वस्तरको आतिथ्य ब्रान्डको रूपमा चिनिन्छ। हाल सिजी हस्पिटालिटीले नेपालमा पनि प्रख्यात रिसोर्टहरु स्थापना गरि संचालन गरिरहेको छ धेरै महत्त्वपूर्ण लगानीहरू गरिरहेको छ । जसमध्य नवलपरासीमा रहेको मिराया वेलनेस तथा गल्फ रिसोर्ट एक शान्त र सुन्दर गन्तव्य हो।

मिरायाले फिलिपिन्सस्थित द फार्म एट सान बेनिटो नामक सुप्रसिद्ध वेलनेस रिसोर्टसँग रणनीतिक साझेदारी गरेको छ। यस साझेदारीमार्फत मिरायामा तौल घटाउने, शरीरलाई विषरहित बनाउने (डिटक्स) र पुनः स्फूर्त बनाउने विशेष स्वास्थ्य कार्यक्रमहरू सञ्चालन गरिदै आएको छ । यसमा साकाहारी खाना र प्राकृतिक उपचार विधिहरू समावेश हुनेछन्, जुन द फार्मसँगको सहकार्यमा विकास गरिएको हुनेछ।

त्यस्तै, चितवन राष्ट्रिय निकुञ्जमा अवस्थित मेघौली सेराई एक विलासी जंगल लज (जङ्गलमा बनाइएको आरामदायक आवास) हो। यो भारतको प्रसिद्ध इण्डियन होटेल कम्पनी लिमिटेड (आईएचसीएल) र नेपालको सिजी हस्पिटालिटी बीचको संयुक्त लगानीबाट सञ्चालित मध्यको एक लज हो । यसरी संचालित पाँचमध्ये चार वटा लज भारतमा रहेका छन् भने मेघौली नेपालमा रहेको हो।

भीभान्ता काठमाडौं र भीभान्ता चितवन दुबै उचस्तरीय (अपस्केल) सहर केन्द्रित होटलहरू हुन्, जसलाई इण्डियन होटेल कम्पनी लिमिटेड (आईएचसीएल) ले सञ्चालन गर्दै आएको छ । उन्नति सांस्कृतिक भिलेज एक विशेष प्रकारको अनुभव दिने रिसोर्ट हो, जसले नेपालको तराई क्षेत्रको मौलिक संस्कृति, परम्परा र हस्तकलाको जगेर्ना र प्रवर्द्धन गरिरहेको छ ।

यी परियोजनाहरू सिजी हस्पिटालिटीले नेपालको पर्यटन क्षेत्रलाई विश्वस्तरमा पुर्‍याउने आफ्नो दृढ संकल्पका प्रतीक हुन्। अझै धेरै परियोजनाहरू नेपालभर निर्माणाधीन अवस्थामा छन्। ‘मेरियट इन्टरनेशनलसँगको यो सहकार्यले वेलनेस हस्पिटालिटीको परिभाषा पुनः लेख्ने हाम्रो यात्रामा अर्को महत्त्वपूर्ण पाइला थपेको छ। ‘द फार्म एट सान बेनिटो’ वेलनेसको क्षेत्रमा विश्वप्रसिद्ध नाम हो, र हामी यसलाई अझ उचाइमा पुर्‍याउने लक्ष्यसहित मारियटसँग मिलेर अगाडि बढिरहेका छौं। सिजी होस्पिटालिटीको यात्रा दक्षिण एसियाबाट सुरु भए पनि हामी आज एक विश्वव्यापी कम्पनी हौं,’ सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देसक राहुल चौधरीले भने ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit