Advertisement
Advertisement
Corporate Samachar
२९ असार २०८३, सोमबार
Advertisement

फोटोनले थप्यो पाँच नयाँ शिल्ड सर्भिस पोइन्ट, बिक्रीपछिको सेवा नेटवर्क २१ स्थानमा विस्तार

फोटोनले थप्यो पाँच नयाँ शिल्ड सर्भिस पोइन्ट, बिक्रीपछिको सेवा नेटवर्क २१ स्थानमा विस्तार
विज्ञापन
Advertisement

काठमाडौं। विद्युतीय व्यावसायिक सवारीसाधन निर्माता फोटोनले नेपालमा आफ्नो बिक्रीपछिको सेवा नेटवर्क थप विस्तार गरेको छ। कम्पनीले भालुवाङ, बागलुङ, लालबन्दी, चन्द्रपुर (चपुर) र लहानमा गरी पाँच नयाँ आधिकारिक फोटोन टोटल केयर शिल्ड सर्भिस पोइन्ट सञ्चालनमा ल्याएको हो।

विज्ञापन
Advertisement
Advertisement

यस विस्तारसँगै फोटोनको देशभरको बिक्रीपछिको सेवा नेटवर्क २१ भन्दा बढी स्थानमा पुगेको छ। नयाँ सेवा केन्द्र सञ्चालनमा आएसँगै देशका विभिन्न क्षेत्रका ग्राहकले स्थानीय स्तरमै विद्युतीय सवारीसाधनको मर्मतसम्भार, प्राविधिक जाँच तथा बिक्रीपछिका अन्य सेवा सहज रूपमा प्राप्त गर्ने कम्पनीले जनाएको छ।

फोटोनका नयाँ शिल्ड सर्भिस पोइन्टहरूले सम्बन्धित क्षेत्र तथा आसपासका ग्राहकलाई छिटो र भरपर्दो सेवा उपलब्ध गराउनेछन्। विशेषगरी दैनिक सञ्चालनमा निर्भर रहने शैक्षिक संस्था, लजिस्टिक व्यवसायी तथा व्यावसायिक सवारीसाधन सञ्चालकका लागि यो सेवा विस्तार उपयोगी हुने अपेक्षा कम्पनीको छ। फोटोन टोटल केयर नेटवर्कअन्तर्गत ग्राहकले नियमित मर्मतसम्भार, सवारीसाधनको प्राविधिक परीक्षण, मर्मत सेवा तथा वारेन्टी सहयोगलगायतका सुविधा प्राप्त गर्नेछन्। नयाँ सेवा केन्द्रहरू अत्याधुनिक डायग्नोस्टिक्स उपकरण, तालिमप्राप्त इभी प्राविधिक तथा फोटोनका जेन्युइन स्पेयर पार्ट्ससहित सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।

नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएको अवस्थामा दक्ष प्राविधिक सेवा र सहज पहुँचयुक्त बिक्रीपछिको नेटवर्कको आवश्यकता पनि बढिरहेको छ। यसैलाई ध्यानमा राख्दै फोटोनले प्रमुख सहरबाहिरका क्षेत्रहरूमा समेत सेवा विस्तारलाई प्राथमिकता दिएको जनाएको छ। कम्पनीका अनुसार टोटल केयर कार्यक्रमको मुख्य उद्देश्य सवारीसाधन सञ्चालनमा आउने अवरोध र सञ्चालन खर्च घटाउनु हो। नियमित तथा रोकथाममूलक मर्मतसम्भार, छिटो सेवा प्रवाह, पारदर्शी प्रक्रिया र स्थानीय आवश्यकताअनुसारको तयारीमार्फत व्यावसायिक सवारीसाधनलाई निरन्तर सञ्चालनमा सहयोग पुर्‍याउने लक्ष्य राखिएको छ।

फोटोनका शिल्ड सर्भिस पोइन्टहरू दुर्गम, अर्धसहरी तथा क्षेत्रीय बजारमा आधिकारिक सेवा केन्द्रका रूपमा सञ्चालन हुनेछन्। यी केन्द्रहरूले देशभर एउटै मापदण्डको गुणस्तरीय बिक्रीपछिको सेवा उपलब्ध गराउने कम्पनीले बताएको छ।

एमएडब्ल्यु वृद्धि कमर्सियल भेइकल्स प्रालि नेपालका लागि फोटोन सवारीसाधनको आधिकारिक वितरक हो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit