Advertisement
Advertisement
Corporate Samachar
३२ असार २०८३, बिहीबार
Advertisement

आइसियुदेखि एमआरआईसम्म पत्रकारलाई ५० प्रतिशत छुट

आइसियुदेखि एमआरआईसम्म पत्रकारलाई ५० प्रतिशत छुट
विज्ञापन
Advertisement

बागमती । बागमती प्रदेश सरकारले प्रदेशभित्र कार्यरत पत्रकारलाई प्रदेश अस्पतालबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवामा ५० प्रतिशत सहुलियत दिने निर्णय गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयमा आज आयोजित कार्यक्रममा प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले मन्त्रीस्तरीय निर्णयअनुसार नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशको सिफारिसमा पत्रकारलाई स्वास्थ्य सेवामा उक्त सहुलियत उपलब्ध गराइने जानकारी दिएका हुन् ।

निर्णयअनुसार प्रदेश अस्पतालबाट प्रदान गरिने आइसियु, प्रयोगशाला, एक्सरे, सिटी स्क्यान, एमआरआई तथा भिडियो एक्सरेलगायत सेवामा पत्रकारले ५० प्रतिशत छुट पाउनेछन्।

स्वास्थ्य मन्त्रालयले पत्रकारको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै यो व्यवस्था लागू गरिएको जनाएको छ। यसबाट समाचार सङ्कलन र सम्प्रेषणका क्रममा विभिन्न जोखिममा रहने पत्रकारलाई उपचार सेवामा सहज पहुँच पुग्ने छ।

नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले मन्त्रालयको निर्णयले पत्रकार समुदायलाई प्रत्यक्ष लाभ पुग्ने बताउँदै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit