Advertisement
Advertisement
Corporate Samachar
३ मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

उच्च गतिको इन्टरनेटमा बढ्यो प्रतिस्पर्धा, ११ इन्टरनेट सेवाप्रदायकले सार्वजनिक गरे नयाँ महसुल

उच्च गतिको इन्टरनेटमा बढ्यो प्रतिस्पर्धा, ११ इन्टरनेट सेवाप्रदायकले सार्वजनिक गरे नयाँ महसुल
विज्ञापन
Advertisement
internet 1
Download

काठमाडौं । नेपालका प्रमुख ११ इन्टरनेट सेवाप्रदायकले नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृति लिएर नयाँ महसुल दर सार्वजनिक गरेका छन्। नयाँ दरसँगै विभिन्न कम्पनीले उपलब्ध गराउने इन्टरनेटको गति र ग्राहकबाट लिन पाउने शुल्कसमेत स्पष्ट भएको छ।

विज्ञापन
Advertisement
Advertisement

प्राधिकरणको अद्यावधिक विवरणअनुसार सेवाप्रदायकहरूले उच्च गतिको इन्टरनेटमा ग्राहक आकर्षित गर्न विभिन्न ब्यान्डविथका प्याकेज प्रतिस्पर्धात्मक मूल्यमा ल्याएका छन्। नयाँ दर सार्वजनिक गर्ने सेवाप्रदायकमा वर्ल्डलिंक, भायोनेट, सुबिसु, नेपाल एयरलिंक, पोखरा इन्टरनेट, एभरेष्ट वायरलेस, फर्स्टलिंक, निम्बल नेटवर्क, इनोभेटिभ कम्युनिकेसन, स्विफ्ट नेट र एननेट रहेका छन्।

कुन कम्पनीको इन्टरनेट शुल्क कति?

स्वीकृत नयाँ दरअनुसार वर्ल्डलिंकले १:२ को न्यून सेयरिङ रेसियोमा २०० एमबीपीएसको मासिक १ हजार १९० रुपैयाँ, ३०० एमबीपीएसको १ हजार ३०० रुपैयाँ, ५०० एमबीपीएसको १ हजार ४०० रुपैयाँ र ६०० एमबीपीएसको मासिक १ हजार ६६७ रुपैयाँमा उपलब्ध गराउने भएको छ।

भायोनेटले १०० एमबीपीएसको मासिक १ हजार २६१ रुपैयाँ, २०० एमबीपीएसको १ हजार ५२६ रुपैयाँ, ३०० एमबीपीएसको १ हजार ८३६ रुपैयाँ र ६५० एमबीपीएसको मासिक २ हजार ६९९ रुपैयाँ शुल्क तोकेको छ। सुबिसुले १ हजार ९०० जीबी डाटासहित ४५० एमबीपीएसको मासिक १ हजार ८५८ रुपैयाँ र २ हजार जीबी डाटासहित ६५० एमबीपीएसको मासिक २ हजार १२४ रुपैयाँ निर्धारण गरेको छ।

कम गतिको इन्टरनेट प्रयोगकर्तालाई लक्षित गर्दै सुबिसुले २० देखि ३०० एमबीपीएससम्मका फलब्याक प्याकेज पनि ल्याएको छ, जसको मासिक शुल्क ७५१ देखि १ हजार ५१७ रुपैयाँसम्म रहेको छ। फलब्याक प्याकेजमा तोकिएको डाटा सकिएपछि इन्टरनेट पूर्णरूपमा बन्द नहुने र गति घटेर सेवा सञ्चालन हुने व्यवस्था हुन्छ।

घरायसी इन्टरनेटमा पनि नयाँ दर

अन्य सेवाप्रदायकले पनि घरायसी तथा मध्यम गतिको इन्टरनेटका लागि नयाँ शुल्क सार्वजनिक गरेका छन्।पोखरा इन्टरनेटले २० एमबीपीएसको मासिक ५८९ रुपैयाँ तथा वार्षिक ५ हजार ८९९ रुपैयाँ र १०० एमबीपीएसको मासिक ९२७ रुपैयाँ निर्धारण गरेको छ। एभरेष्ट वायरलेसले होम प्याकेजअन्तर्गत १२० एमबीपीएसको मासिक ७५८ रुपैयाँ र ३०० एमबीपीएसको १ हजार २१७ रुपैयाँ तोकेको छ।

त्यस्तै, फर्स्टलिंकले २०० एमबीपीएसको १ हजार ११ रुपैयाँ र ३०० एमबीपीएसको १ हजार १७९ रुपैयाँ शुल्क निर्धारण गरेको छ। स्विफ्ट नेटले १०० एमबीपीएसको १ हजार रुपैयाँ र १७० एमबीपीएसको १ हजार ५०० रुपैयाँ तोकेको छ। एननेटले भने ५० देखि ४०० एमबीपीएससम्मका प्याकेजका लागि मासिक ८०० देखि १ हजार ६०० रुपैयाँसम्म शुल्क निर्धारण गरेको छ।

निम्बल नेटवर्कले ५० देखि २०० एमबीपीएससम्मका लागि ७९६ देखि १ हजार ६८१ रुपैयाँसम्म शुल्क सार्वजनिक गरेको छ। इनोभेटिभ कम्युनिकेसनले १५० एमबीपीएसको ९०० रुपैयाँ र २०० एमबीपीएसको १ हजार १०० रुपैयाँ शुल्क तोकेको छ।

हिमाली क्षेत्रमा नेपाल एयरलिंकको छुट्टै दर

दुर्गम तथा पर्यटकीय क्षेत्रलाई लक्षित गर्दै नेपाल एयरलिंकले देशभरका लागि २० एमबीपीएसको मासिक १ हजार ४० रुपैयाँ शुल्क निर्धारण गरेको छ। हिमाली क्षेत्रका लागि भने कम्पनीले छुट्टै हटस्पट दर लागू गरेको छ। लुक्ला र नाम्चेजस्ता तल्लो हिमाली क्षेत्रमा १० जीबीको ४३४ रुपैयाँ ८० पैसा र २५ जीबीको २ हजार १७३ रुपैयाँ ९० पैसा शुल्क तोकिएको छ। त्यस्तै, त्याङबोचे र पाङबोचेमा १० जीबीको ६१९ रुपैयाँ ५० पैसा कायम गरिएको छ। उच्च हिमाली क्षेत्रअन्तर्गत डिंगबोचे, लोबुचे, गोरकसेप र गोक्यो लगायतका स्थानमा १० जीबीको ८६९ रुपैयाँ ५६ पैसा र १५ जीबीको १ हजार ३९१ रुपैयाँ ३० पैसा शुल्क निर्धारण गरिएको छ।

प्राधिकरणबाट स्वीकृत महसुलमा टीएससी र भ्याट थपिने  

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार सेवाप्रदायकहरूले सार्वजनिक गरेको स्वीकृत महसुलमा प्राविधिक सहयोग तथा मर्मत शुल्क समावेश गरिएको छ। तर सार्वजनिक गरिएका यी दरमा सरकारी नियमानुसार लाग्ने दूरसञ्चार सेवा शुल्क (टीएससी) र मूल्य अभिवृद्धि कर (भ्याट) भने अतिरिक्त लाग्नेछ। नयाँ महसुल संरचनाले इन्टरनेट सेवाप्रदायकबीच उच्च गति, प्याकेज र मूल्यका आधारमा प्रतिस्पर्धा थप बढाउने देखिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit