काठमाडौं । प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा सार्वजनिक भएको छ । यो मलेसियन कार ब्रान्ड हो ।

विज्ञापन
Advertisement
Advertisement

नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले एक कार्यक्रमबीच ई मास फाइभ प्राइम र प्रिमियम गरी दुई भेरिएन्टमा कार उपलब्ध गराएको हो ।

कारको मूल्य क्रमशः २९ लाख ९९ हजार र ३४ लाख ९९ हजार रुपैयाँ तय गरिएको छ। यसअघि प्रोटोनको ई मास सेभेन नेपाली बजारमा उपलब्ध गराइएको थियो। अहिले ई मास फाइभ रेयर ह्वील ड्राइभ अप्सनमा आएको हो ।