Advertisement
Advertisement
Corporate Samachar
३ मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

नर्भिक हस्पिटलको क्रेडिट रेटिङमा सुधार,२७५ बेड विस्तार परियोजना तीव्र गतिमा

नर्भिक हस्पिटलको क्रेडिट रेटिङमा सुधार,२७५ बेड विस्तार परियोजना तीव्र गतिमा
विज्ञापन
Advertisement

काठमाडौं। थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज लिमिटेडले वित्तीय तथा सञ्चालन क्षमतामा उल्लेखनीय सुधार गर्दै आफ्नो क्रेडिट रेटिङ उकास्न सफल भएको छ। केयर रेटिङ्स नेपालले सार्वजनिक गरेको मूल्याङ्कनअनुसार नर्भिकको दीर्घकालीन बैंक कर्जाको रेटिङ ‘ केयर -एनपी- बीबीबी प्लस’ यसअघि बीबीबी र अल्पकालीन कर्जाको रेटिङ ‘ केयर एनपी ए२’रहेकाे छ । यसअघि ‘ए३ प्लस’ कायम गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

क्रेडिट रेटिङमा भएको यो सुधारले अस्पतालको वित्तीय अवस्था, नगद प्रवाह, ऋण भुक्तानी क्षमता तथा सञ्चालन दक्षतामा निरन्तर सुधार आएको पुष्टि गरेको छ।

नर्भिकको कुल सञ्चालन आम्दानी आर्थिक वर्ष २०२२ को १ अर्ब ८१ करोड ३० लाख बाट बढेर आर्थिक वर्ष २०२५ मा २ अर्ब २६ करोड ३० लाख पुगेको छ। यस अवधिमा अस्पतालले वार्षिक औसत करिब ८ प्रतिशत आम्दानी वृद्धि हासिल गरेको छ।

अस्पतालको सञ्चालन नाफा पनि उल्लेखनीय रूपमा बढेको छ। आर्थिक वर्ष २०२२ मा १९ प्रतिशत रहेको मार्जिन आर्थिक वर्ष २०२५ मा २६.६९ प्रतिशत पुगेको छ भने आर्थिक वर्ष २०२६ को पहिलो नौ महिनामै ३२.९१ प्रतिशत पुगेको छ।

त्यस्तै, कुल नगद प्रवाह आर्थिक वर्ष २०२५ मा ४१ करोड ९० लाख पुगेको थियो भने आर्थिक वर्ष २०२६ को पहिलो नौ महिनामै ४७ करोड १० लाख पुगेको छ।

पूँजी संरचना थप मजबुत

रेटिङ एजेन्सीका अनुसार प्रवर्द्धकहरूले आर्थिक वर्ष २०२५ मा र१९ करोड ४४ लाख बराबरको थप शेयर पूँजी लगानी गरेका छन्। यससँगै अस्पतालको ऋण पूँजी अनुपात १.५० गुणाबाट घटेर १.१७ गुणा मा झरेको छ।

अस्पतालले आर्थिक वर्ष २०२६ को पहिलो नौ महिनामै १३ करोड १० लाख बराबरको दीर्घकालीन ऋण समयअघि नै भुक्तानी गरेको छ। ब्याज तिर्ने क्षमता पनि आर्थिक वर्ष २०२५ को १०.९० गुणा बाट बढेर २४.२५ गुणा पुगेको छ।

बिरामीको विश्वास निरन्तर बढ्दै

नर्भिकमा उपचार गराउने बिरामीको संख्या पनि निरन्तर बढिरहेको छ। ओपीडी बिरामी संख्या आर्थिक वर्ष २०२१ को ९४ हजार ३३० बाट बढेर आर्थिक वर्ष २०२५ मा १ लाख ६० हजार ३५१ पुगेको छ। आर्थिक वर्ष २०२६ को पहिलो नौ महिनामा ओपीडी बिरामी ८.९ प्रतिशत तथा आईपीडी बिरामी ४.६ प्रतिशत ले वृद्धि भएको रेटिङ प्रतिवेदनमा उल्लेख छ।

तीन दशकभन्दा लामो इतिहास बोकेको नर्भिक चौधरी समूहअन्तर्गत सञ्चालनमा रहेको नेपालको अग्रणी निजी अस्पतालमध्ये एक मानिन्छ। अनुभवी चिकित्सक, दक्ष व्यवस्थापन टोली र आधुनिक स्वास्थ्य सेवाले अस्पतालको ब्रान्ड मूल्यलाई थप बलियो बनाएको मूल्याङ्कनमा उल्लेख गरिएको छ।

२७५ बेड विस्तार परियोजना अन्तिम चरणमा

नर्भिकले हालको ११६ बेड क्षमता बढाएर २७५ बेड पुर्‍याउने लक्ष्यसहित ३ अर्ब ३२ करोड २० लाख बराबरको ब्राउनफिल्ड विस्तार आयोजना सञ्चालन गरिरहेको छ। अप्रिल २०२६ सम्म परियोजनाको करिब ५८ प्रतिशत काम सम्पन्न भइसकेको छ।

यद्यपि निर्वाचन, उपकरण आयातमा भएको ढिलाइ तथा संरचनागत परिमार्जनका कारण परियोजनाको व्यावसायिक सञ्चालन मिति अप्रिल २०२६ बाट सरेर जनवरी २०२७ मा पुगेको छ।

हाल नर्भिकको मूल्याङ्कन गरिएको कुल बैंकिङ सुविधा २ अर्ब ७९ करोड ४७ लाख ८० हजार रहेको छ, जसमा २ अर्ब ७४ करोड ३९ लाख दीर्घकालीन कर्जा  ५ करोड ८ लाख अल्पकालीन कार्यशील पूँजी तथा एलसी बैंक ग्यारेन्टी सुविधा समावेश छन्।

क्रेडिट रेटिङमा भएको यो सुधारले नर्भिक हस्पिटलको वित्तीय विश्वसनीयता, लगानी आकर्षण र दीर्घकालीन विस्तार योजनाप्रतिको विश्वास अझ सुदृढ भएको संकेत गरेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit