Advertisement
Advertisement
Corporate Samachar
३ मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

शेयर बजारमा सामान्य अंकको गिरावट,बढ्यो कारोबार

शेयर बजारमा सामान्य अंकको गिरावट,बढ्यो कारोबार
विज्ञापन
Advertisement

काठमाडाैं । साताको सोमबार शेयर बजारमा सामान्य गिरावट आएको छ। नेप्से परिसूचक १.२० अंकले घटेर २ हजार ६८४.३३ विन्दुमा आइपुगेको छ । नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । अघिल्लो साता तीन अर्बसम्मको कारोबार भएको बजारमा यो दिन आइपुग्दा कारोबार रकम ४ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

घटेको बजारमा पनि एभरेष्ट कर्लर,सप्तकोसी डेभलपमेन्ट बैंक, माहुली लघुवित्त वित्तीय संस्था,श्रीनगर एग्रिटिच इष्ड्रटिज, सागर डिस्टिलरीको शेयर मूल्य ४.०९ प्रतिशतदेखि १४.९९ प्रतिशतले बढेको छ।

यो दिन सर्वाधिक कारोबार हुने कम्पनीमा रिलायन्स स्पेनिङ मिल्स,रिडी पावर कम्पनी, ग्लोबल आइएमई बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक,एनआरएन इन्फाष्ट्रचर एण्ड डेभलपमेन्टको शेयर मूल्य १५करोड १५ लाख रुपैयाँदेखि २७ करोड ६२ लाख रुपैयाँसम्मको कारोबर भएको छ ।

रिलायन्स स्पेनिङ मिल्स,साल्पा विकास बैंक,भगवती हाइड्रो डेभलपमेन्ट कम्पनीको शेयर मूल्य २.९९ प्रतिशतदेखि ७ दशमलव ४० प्रतिशतले घटेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit