काठमाडौं। एनएमबि क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित एनएमबि सरल
एनएमबी म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको ‘एनएमबी सरल बचत फण्ड’ इकाईधनीलाई ५.२५ प्रतिशत नगद प्रतिफल वितरण गर्ने भएको छ।
एनएमबि सरल फण्डको योजना व्यवस्थापक एनएमबी क्यापिटल लिमिटेडका अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि २०८३ असार मसान्तमा कायम इकाई पुँजी ४ अर्ब ८१ करोड १७ लाख ५५ हजार ९७८ रुपैयाँ ४० पैसाको ५.२५ प्रतिशत (करसहित) का दरले हुन आउने २५ करोड ६८ लाख १७ हजार १८८ रुपैयाँ ८७ पैसा बराबरको नगद प्रतिफल वितरण गर्ने निर्णय भएको हो।
उक्त प्रतिफल प्राप्त गर्नका लागि २०८३ साउन २१ गतेसम्म इकाईधनी दर्ता किताबमा कायम रहेका लगानीकर्ताहरू मात्र योग्य हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार प्रतिफल वितरण प्रक्रिया पारदर्शी तथा नियामकीय व्यवस्थाअनुसार सम्पन्न गरिनेछ। साथै, लाभांश पुनर्लगानी योजना रोज्ने इकाईधनीले प्राप्त प्रतिफलबाट थप इकाई खरिद गरी आफ्नो लगानी विस्तार गर्न सक्ने व्यवस्था गरिएको उल्लेख छ।
लाभांश पुनर्लगानीमा सहभागी नहुने इकाईधनीहरूको प्रतिफल कर कट्टीपश्चात सम्बन्धित बैंक खातामा जम्मा गरिने कम्पनीले जनाएको छ। एनएमबी क्यापिटलले दीर्घकालीन लगानी व्यवस्थापन, जोखिम नियन्त्रण र स्थिर प्रतिफलमार्फत लगानीकर्ताको विश्वास कायम राख्ने प्रतिबद्धता जनाएको छ। कम्पनीले बजार अवस्था, लगानी अवसर र लगानीकर्ताको हितलाई प्राथमिकतामा राख्दै प्रभावकारी फण्ड व्यवस्थापनलाई निरन्तरता दिने बताएको छ।
कम्पनीले इकाईधनीहरूलाई आफ्नो बैंक विवरण तथा व्यक्तिगत अभिलेख अद्यावधिक राख्न आग्रह गर्दै प्रतिफल वितरणसम्बन्धी थप जानकारीका लागि कार्यालय वा आधिकारिक माध्यममार्फत सम्पर्क गर्न अनुरोध गरेको छ।
















प्रतिक्रिया दिनुहोस्