Advertisement
Advertisement
Corporate Samachar
३ मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

विद्युत् निर्यातबाट प्राधिकरणले गर्यो २९.३१ अर्ब आर्जन, औद्योगिक क्षेत्रमा विद्युत खपथ १.२० प्रतिशत

विद्युत् निर्यातबाट प्राधिकरणले गर्यो २९.३१ अर्ब आर्जन, औद्योगिक क्षेत्रमा विद्युत खपथ १.२० प्रतिशत
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०८२/८३ मा २९ अर्ब ३१ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ६८ प्रतिशतले बढी हो।

विज्ञापन
Advertisement
Advertisement

प्राधिकरणको ४१औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा कामु प्रमुख कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै विद्युत् निर्यातमा उल्लेख्य वृद्धि भएको जानकारी दिएका हुन्। उनका अनुसार नेपाल र भारतबीच भएका विभिन्न सम्झौता तथा नयाँ प्रसारण लाइन सञ्चालनमा आएसँगै सीमापार विद्युत् व्यापार विस्तार भएको हो। सो अवधिमा प्राधिकरणले १० अर्ब ५६ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरेको थियो।

आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणले विद्युत् बिक्री तथा अन्य आम्दानीबाट कुल १ खर्ब ६६ अर्ब रुपैयाँ आम्दानी गरेको छ। त्यसमध्ये विद्युत् बिक्रीबाट मात्रै १ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ आम्दानी भएको छ श्रेष्ठले जानकारी दिए। यो आम्दानी अघिल्लो वर्षको तुलनामा १८.२० प्रतिशत बढी हो। प्राधिकरणको कुल नाफा पनि १३.७७ प्रतिशतले बढेर ३१ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। यद्यपि, विदेशी विनिमय दरमा भएको वृद्धि र ब्याज खर्चका कारण खुद नाफा १२ अर्ब ३३ करोड रुपैयाँमा सीमित भएको श्रेष्ठले बताए। उनका अनुसार, आर्थिक वर्षको अन्त्यसम्म नेपालको कुल जडित विद्युत् क्षमता ४ हजार १२० मेगावाट पुगेको छ। एक वर्षमा मात्रै राष्ट्रिय प्रणालीमा ५२९ मेगावाट विद्युत् थपिएको छ।

प्राधिकरणका ग्राहकको संख्या पनि ३.८५ प्रतिशतले बढेर ५९ लाख २७ हजार पुगेको छ। कुल ग्राहकमा घरेलु ग्राहकको हिस्सा ९०.६४ प्रतिशत, औद्योगिक ग्राहकको १.२० प्रतिशत र अन्य ग्राहकको हिस्सा ८.१६ प्रतिशत रहेको छ। प्रसारणतर्फ कोशी करिडोर, चिलिमे–त्रिशूली र कालीगण्डकी करिडोरलगायत महत्वपूर्ण आयोजना सम्पन्न भएको प्राधिकरणले जनाएको छ। हाल देशभर ७ हजार ११० सर्किट किलोमिटर प्रसारण लाइन र १५ हजार ५४१ एमभीए क्षमताका सब–स्टेसन सञ्चालनमा छन्।

प्राधिकरणले काठमाडौं, पोखरा र भरतपुरमा वितरण प्रणालीलाई भूमिगत गर्ने कामलाई तीव्रता दिएको छ। त्यस्तै, बागमती र लुम्बिनी क्षेत्रमा ‘लाइभ लाइन मेन्टेनेन्स’ सेवा सुरु गरिएको श्रेष्ठले जानकारी दिए। सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको अवस्थामा प्राधिकरणले जलाशययुक्त आयोजना, सौर्य ऊर्जा र हरित हाइड्रोजनजस्ता क्षेत्रमा प्राथमिकताका साथ काम गर्ने जनाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit