Advertisement
Advertisement
Corporate Samachar
९ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि ५ करोड आर्थिक सहयोग घोषणा

ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि ५ करोड आर्थिक सहयोग घोषणा
विज्ञापन
Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८८५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायत नदी तटीय क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै उक्त सहयोग घोषणा गरेको हो। बाढीका कारण कैयौं नागरिकको ज्यान गएको, धेरै जना बेपत्ता भएको तथा सयौं परिवार विस्थापित भएको बैंकले जनाएको छ । बाढीले बस्ती, पुल, सडक तथा जलविद्युत् आयोजनामा समेत ठूलो क्षति पु¥याएको बैंकको भनाइ छ ।

बैंकका अनुसार सहयोग रकम बेपत्ताको खोजी, घाइतेको उपचार, प्रभावित नागरिकलाई खाद्यान्न तथा अस्थायी बासको व्यवस्था र क्षतिग्रस्त संरचनाको दीर्घकालीन पुनर्निर्माणमा सहयोग पु¥याउने उद्देश्यले प्रदान गर्न लागिएको हो । बैंकले विपद्को समयमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि आर्थिक, भौतिक तथा मानवीय सहायता उपलब्ध गराउँदै आएको जनाएको छ। बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीजस्ता विपद्मा बैंकले सहयोग गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit