काठमाडौं। मुक्तिनाथ विकास बैंकले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ।
भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीका कारण टिमुरे, स्याफ्रुबेंसी, बेत्रावती, त्रिशूली, देवीघाटलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो । बाढीबाट रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्र प्रभावित भएका छन् ।
विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले बैंकले ५० लाख रुपैयाँ कोषमा प्रदान गरेको जनाएको छ। बैंकका अनुसार विपद्को कठिन परिस्थितिमा पीडित परिवारलाई सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गतको दायित्व हो।
बैंकले आफ्नो सहयोगले प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा केही हदसम्म योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।















प्रतिक्रिया दिनुहोस्