Advertisement
Advertisement
Corporate Samachar
२४ भाद्र २०८३, बुधबार
Advertisement

युवा सहभागिता र इन्टरनेट गभर्नेन्स क्षमता विकासमा केन्द्रित ‘एपिगा नेपाल २०२६’ सम्पन्न

युवा सहभागिता र इन्टरनेट गभर्नेन्स क्षमता विकासमा केन्द्रित ‘एपिगा नेपाल २०२६’ सम्पन्न
विज्ञापन
Advertisement

काठमाडौं । युवा पुस्तालाई इन्टरनेट गभर्नेन्स, डिजिटल नीति तथा बहु–सरोकारवाला प्रक्रियाबारे ज्ञान, सीप र व्यावहारिक अनुभव प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको एसिया प्यासिफिक इन्टरनेट गभर्नेन्स एकेडेमी ९एपिगा० नेपाल २०२६ सम्पन्न भएको छ।

विज्ञापन
Advertisement
Advertisement

क्यान महासंघको आयोजनामा इन्टरनेट कर्पोरेसन फर असाइन्ड नेम्स एन्ड नम्बर्स ९आईक्यान० को सहकार्यमा सेप्टेम्बर ५ र ६ मा काठमाडौंमा आयोजित दुईदिने कार्यक्रममा युवाहरूको इन्टरनेट गभर्नेन्स, डिजिटल नीति निर्माण तथा क्षेत्रीय र विश्वव्यापी इन्टरनेट नीति प्रक्रियामा सहभागितालाई केन्द्रमा राखिएको थियो।

नेपालमा आयोजना गरिएको एपिगाको यो तेस्रो संस्करण हो। कार्यक्रमले एसिया प्यासिफिक क्षेत्रका युवाहरूलाई इन्टरनेट गभर्नेन्सको बहु–सरोकारवाला प्रक्रियाबारे बुझ्न, क्षेत्रीय तथा विश्वव्यापी छलफलमा सहभागी हुन तथा भविष्यका डिजिटल नेतृत्वका लागि आवश्यक ज्ञान र सीप विकास गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।

कार्यक्रमको उद्घाटन समारोहमा क्यान महासंघका उपाध्यक्ष नबिन जोशीले सहभागी, अतिथि तथा वक्ताहरूलाई स्वागत गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नेपालको डिजिटल विकास, दूरसञ्चार तथा इन्टरनेट क्षेत्रको विकाससँगै इन्टरनेट गभर्नेन्समा युवा पुस्ताको भूमिकाबारे सम्बोधन गरेका थिए।

त्यस्तै, एसिया–ओसिनिया कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन ९एएसओसिआईओ० का उपाध्यक्ष नवराज कुँवरले क्षेत्रीय तथा विश्वव्यापी इन्टरनेट गभर्नेन्समा नेपालको सहभागिता र डिजिटल क्षेत्रमा सहकार्यको आवश्यकताबारे धारणा राखेका थिए। नेपाल इन्टरनेट सेवा प्रदायक संघ ९आईएसपीएएन० का प्रमुख कार्यकारी अधिकृत सुवास खड्काले इन्टरनेट सेवासँग सम्बन्धित विषयमा प्रस्तुति दिएका थिए।

सनवे कलेज काठमाडौंकी सञ्चालन प्रमुख सिमोली गौतम देसाईले शैक्षिक क्षेत्रबाट इन्टरनेट गभर्नेन्सलाई हेर्ने दृष्टिकोण प्रस्तुत गरेकी थिइन्।

उद्घाटनपश्चात् सहभागीहरूका लागि विभिन्न विशेषज्ञ सत्र, पावर टक, नीति छलफल, अन्तरक्रियात्मक कार्यशाला तथा समूहगत गतिविधि सञ्चालन गरिएको थियो। कार्यक्रममार्फत सहभागीहरूले इन्टरनेट गभर्नेन्सका राष्ट्रिय, क्षेत्रीय तथा विश्वव्यापी आयामबारे जानकारी हासिल गरेका थिए।

कार्यक्रममा इन्टरनेट गभर्नेन्सको आधारभूत अवधारणा, आईक्यानको भूमिका तथा नीतिनिर्माण प्रक्रिया, डोमेन नेम प्रणाली (डीएनएस), इन्टरनेट इकोसिस्टम, क्षेत्रीय तथा विश्वव्यापी इन्टरनेट गभर्नेन्स मञ्च, युवा सहभागिता, डिजिटल नीति तथा नेतृत्वका अवसरलगायतका विषयमा छलफल गरिएको थियो।

‘रिजनल एन्ड ग्लोबल इन्टरनेट गभर्नेन्स’ लगायतका पावर टक सत्रमा नेपाल तथा एसिया प्यासिफिक क्षेत्रका युवाले विश्वव्यापी इन्टरनेट गभर्नेन्स प्रक्रियामा खेल्न सक्ने भूमिका, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्य र नीति निर्माणमा युवाको सार्थक सहभागिताबारे छलफल गरेका थिए।

त्यसैगरी, एपिनिक ९एपीएनआईसी० सम्बन्धी सत्रमा संस्थाको भूमिका तथा नीति विकास प्रक्रियाबारे जानकारी दिइएको थियो। सहभागीहरूले इन्टरनेट स्रोत व्यवस्थापन तथा क्षेत्रीय इन्टरनेट नीतिनिर्माणमा समुदायको सहभागिताका विषयमा समेत सिक्ने अवसर पाएका थिए।

कार्यक्रमको महत्वपूर्ण आकर्षणका रूपमा रहेको मोडेल आईक्यान सम्मेलन मार्फत सहभागीहरूले आईक्यानको बहु–सरोकारवाला नीति छलफल प्रक्रियाको व्यावहारिक अनुभव हासिल गरेका थिए। विभिन्न सरोकारवालाको भूमिका निर्वाह गर्दै सहभागीहरूले इन्टरनेट गभर्नेन्स तथा नीतिगत विषयमा छलफल, वार्ता र सहमतिको अभ्यास गरेका थिए।

एपिगा नेपाल २०२६ ले सहभागी युवालाई सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी समूहगत छलफल, प्रश्नोत्तर, प्रस्तुति, नीति बहस तथा व्यावहारिक अभ्यासमार्फत आफ्ना विचार राख्ने र नेतृत्व क्षमता विकास गर्ने अवसर प्रदान गरेको आयोजकको भनाइ छ।

कार्यक्रमले नेपालको डिजिटल भविष्य, खुला तथा सुरक्षित इन्टरनेट, समावेशिता र डिजिटल पहुँचका विषयमा युवाहरूलाई थप जिम्मेवार र सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गरेको आयोजकले जनाएको छ।

एपिगा नेपाल २०२६ मार्फत नेपालमा इन्टरनेट गभर्नेन्ससम्बन्धी युवा समुदायलाई सुदृढ बनाउने, युवाहरूलाई राष्ट्रिय, क्षेत्रीय तथा विश्वव्यापी डिजिटल नीति छलफलमा जोड्ने र नेपालको इन्टरनेट गभर्नेन्स इकोसिस्टममा नयाँ पुस्ताको सहभागिता बढाउने उद्देश्यमा महत्वपूर्ण योगदान पुगेको क्यान महासंघले जनाएको छ।

कार्यक्रम सफल बनाउन डिजिटल को–अपरेसन नेपाल, आईक्यान, एपीएनआईसी, इन्टरनेट सोसाइटी फाउन्डेसनलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार, सहयोगी संस्था, वक्ता, प्रशिक्षक, विशेषज्ञ, स्वयंसेवक, आयोजक टोली तथा सहभागीहरूप्रति आयोजकले आभार व्यक्त गरेको छ।

कार्यक्रममा वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड इन्टरनेट पार्टनर, ग्लोबल आइएमई बैंक बैंकिङ पार्टनर तथा क्यान महासंघ, एनपीआईएक्स, सनवे कलेज काठमाडौं र जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स प्रालि सहयोगीका रूपमा रहेका थिए।

एपिगा नेपाल २०२६ बाट प्राप्त ज्ञान, सीप, नेटवर्क र अनुभवलाई सहभागीहरूले आगामी दिनमा नेपालसँगै क्षेत्रीय तथा विश्वव्यापी इन्टरनेट गभर्नेन्स प्रक्रियामा उपयोग गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

कार्यक्रम एपिगा नेपालका कार्यक्रम संयोजक उदिप बराल र कार्यक्रम टिम लिड विवेक सिलवालको नेतृत्वमा सञ्चालन गरिएको थियो। आयोजक टोलीमा प्रमोद ढुंगाना, ओमप्रकाश शर्मा, स्वस्ती बास्तोला, मध्यिका अधिकारी, विजय रेग्मी, पूर्णिका खनाल, सिद्धान्त पन्त, एलिना पुन मगर, दिक्ष्या राउत, अनुपम गौतम र नसला जोशी रहेका थिए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit