Advertisement
Advertisement
Corporate Samachar
२४ भाद्र २०८३, बुधबार
Advertisement

कामना सेवा विकास बैंकद्वारा कुलेश्वर माविका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

कामना सेवा विकास बैंकद्वारा कुलेश्वर माविका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान
विज्ञापन
Advertisement

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले काठमाडौंको कुलेश्वरस्थित श्री कुलेश्वर माध्यमिक विद्यालयका विपन्न विद्यार्थीलाई शैक्षिक तथा आवश्यक सामग्री वितरण गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

बैंकको कुलेश्वर शाखामार्फत संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत बैंकका काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्माले विद्यार्थीलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् । बैंकले विद्यार्थीको पठनपाठनमा सहजता पु¥याउने उद्देश्यले स्टेशनरी तथा अन्य शैक्षिक सामग्री, स्कुल ब्याग, स्कुल ड्रेस तथा हाउस ड्रेस, जुत्तालगायत आवश्यक सामग्री वितरण गरेको जनाएको छ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भानुभक्त विष्टले विपन्न विद्यार्थीको शैक्षिक आवश्यकतालाई ध्यानमा राखेर बैंकले गरेको सहयोगले विद्यार्थीलाई अध्ययनका लागि थप हौसला मिल्नुका साथै विद्यालयको शैक्षिक वातावरणमा समेत सकारात्मक प्रभाव पार्ने बताए ।

यस्तै, बैंकका काठमाडौं क्षेत्र प्रमुख शर्माले आर्थिक अभावका कारण आवश्यक शैक्षिक सामग्रीबाट वञ्चित विद्यार्थीलाई गरिएको सहयोगले उनीहरूको पठनपाठनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गरे । बैंकले आगामी दिनमा पनि आवश्यकता र प्राथमिकताका आधारमा सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit