Advertisement
Advertisement
Corporate Samachar
२९ कार्तिक २०८३, आईतवार
Advertisement
Advertisement

छठले जीवनका हरेक अवस्थालाई सम्मान गर्न सिकाउँछ : प्रधानमन्त्री बालेन 

छठले जीवनका हरेक अवस्थालाई सम्मान गर्न सिकाउँछ : प्रधानमन्त्री बालेन 
फाइल फोटो
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले छठ पर्वले जीवनका हरेक अवस्थालाई समान श्रद्धा र सम्मान गर्न सिकाउने बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

छठ पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले उदाउँदो सूर्यसँगै अस्ताउँदो सूर्यलाई पनि उत्तिकै श्रद्धापूर्वक अर्घ्य दिने परम्पराले जीवनको गहिरो दर्शन बोकेको उल्लेख गरेका छन् । ‘यसले प्रकृतिप्रतिको कृतज्ञता र जीवनका हरेक अवस्थालाई सम्मान गर्ने प्रेरणा दिन्छ,’ बालेनले भनेका छन् ।

उनले भगवान् सूर्यदेव र छठी माताको आराधना गरी मनाइने यस पर्वले परिवारको सुख, शान्ति, आरोग्य र सन्तानको दीर्घायुको कामना गर्ने परम्परा बोकेको बताएका छन् । सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले छठले देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको सङ्कल्प पूरा गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

प्रधानमन्त्री शाहले मैथिली भाषामा समेत शुभकामना दिँदै लेखेका छन्, ‘छैठके बहुत रास शुभकामना दीनानाथ आ छैठ परमेश्वरी सब के जीवन में सुख, शान्ति आ समृद्धि लइथिन से कामना करैछि।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit