Advertisement
Advertisement
Corporate Samachar
३ मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार सेवा दस्तुरको हिसाब बुझाउन प्राधिकरणको निर्देशन

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार सेवा दस्तुरको हिसाब बुझाउन प्राधिकरणको निर्देशन
विज्ञापन
Advertisement

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरूलाई दूरसञ्चार सेवा दस्तुर (टीएससी) दाखिलासम्बन्धी विस्तृत विवरण पेस गर्न निर्देशन दिएको छ।

विज्ञापन
Advertisement
Advertisement

प्राधिकरणले गत आर्थिक वर्ष २०८२/८३ र चालू आर्थिक वर्षको असोज मसान्तसम्मको आय, दस्तुर दाखिला तथा त्यससँग सम्बन्धित प्रमाणित कागजातसहितको विवरण १० दिनभित्र बुझाउन भनेको हो। अनुमतिपत्र लिएर इन्टरनेट सेवा सञ्चालन गरिरहेका सबै सेवा प्रदायकलाई लक्षित गर्दै प्राधिकरणले बुधबार यस्तो निर्देशन जारी गरेको हो।

आर्थिक ऐन, २०६३ को दफा ८ को उपदफा ५ मा दूरसञ्चार सेवा दस्तुरको प्रशासन प्राधिकरणले निर्धारण गरेबमोजिम हुने व्यवस्था छ। सोही कानुनी प्रावधानलाई आधार बनाएर सरकारले राजस्व खातामा जम्मा गरेको दस्तुरको यथार्थ विवरण माग गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले सेवा प्रदायकहरूबाट आम्दानीका विभिन्न स्रोतको छुट्टाछुट्टै हिसाब माग गरेको छ। जसअनुसार इन्टरनेट बिक्रीबाट प्राप्त आय, मर्मतसम्भार सेवा, उपकरण बिक्री तथा अन्य स्रोतबाट भएको आम्दानीको विवरण स्पष्ट रूपमा खुलाउनुपर्नेछ। यसका साथै कुल आय, दाखिला गरिएको दूरसञ्चार सेवा दस्तुरको रकम र दाखिला मितिसमेत उल्लेख गर्नुपर्नेछ।

ढिलो दस्तुर बुझाउनेको ब्याज विवरण दिनुपर्ने

तोकिएको समयसीमाभन्दा ढिलो गरी दूरसञ्चार सेवा दस्तुर दाखिला गरेका सेवा प्रदायकले सोबापत तिरेको ब्याजको विवरणसमेत पेस गर्नुपर्ने प्राधिकरणले स्पष्ट गरेको छ। प्राधिकरणले मूल दस्तुर र त्यसमा लागेको ब्याजसहित दाखिला भएको कुल रकमको विवरण पनि माग गरेको छ।

त्यस्तै, सेवा प्रदायकहरूले प्रत्येक महिनाको आय तथा दस्तुर दाखिलासम्बन्धी विवरण छुट्टाछुट्टै तयार गरी प्राधिकरणले तोकेको ढाँचामा बुझाउनुपर्नेछ। विवरणको विश्वसनीयता पुष्टि गर्न दस्तुर दाखिला गरेको प्रमाणित हुने बैंक भौचरलगायत आवश्यक कागजातसमेत संलग्न गर्नुपर्ने निर्देशनमा उल्लेख छ। प्राधिकरणको यो कदमले इन्टरनेट सेवा प्रदायकहरूको आम्दानी, दूरसञ्चार सेवा दस्तुर दाखिला र राजस्व अनुपालनको अवस्थालाई थप व्यवस्थित तथा पारदर्शी बनाउने अपेक्षा गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit