Advertisement
Advertisement
Corporate Samachar
३ मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

देशका पाँच सुकुम्बासीमुक्त पालिकामा जैमिनी पनि

देशका पाँच सुकुम्बासीमुक्त पालिकामा जैमिनी पनि
विज्ञापन
Advertisement

बागलुङ । बागलुङको जैमिनी नगरपालिका सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या मुक्त पालिका घोषित भएको छ । भूमि समस्या समाधान समितिले देशभरका पाँच पालिकालाई समस्या मुक्त घोषणा गरेकामा जैमिनी पनि तिनमा परेको हो ।

विज्ञापन
Advertisement
Advertisement

समितिले मङ्गलबार सार्वजनिक गरेको सूचनाअनुसार समस्या मुक्त घोषित अन्य पालिकामा डोल्पाको काइके गाउँपालिका, सोलुखुम्बुको खुम्बुपासाङल्हामु र महाकुलुङ गाउँपालिका तथा रुकुम पूर्वको भूमे गाउँपालिका हुन् ।

जैमिनी नगरपालिकाले गत वर्ष १८ सुकुम्बासी परिवारलाई घडेरी खरिद गरी घर निर्माण गर्न प्रतिपरिवार रु तीन लाख का दरले रु ५४ लाख उपलब्ध गराएको थियो । ती परिवारले लालपूर्जासहित घर प्राप्त गरेपछि पालिकामा सुकुम्बासी समस्या नरहेको विवरण समितिलाई पठाइएको नगर उपप्रमुख हरिहर शर्माले जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit