काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको पुनर्बहालीसम्बन्धी रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ। बुधबार न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा पेसी तोकिएको हो।
सरकारको निर्णयविरुद्ध कार्कीले कात्तिक १९ गते वारेसमार्फत दायर गरेको रिट कात्तिक २० गते दर्ता भएको थियो। उनले आफूलाई कानुनी प्रक्रिया पूरा नगरी पदबाट हटाइएको दाबी गर्दै पुनर्बहालीको माग गरेका छन्।
कार्कीले मनोज केसीलाई आईजीपी नियुक्त गर्ने निर्णय बदर गरी आफ्नो चारवर्षे कार्यकाल पूरा गर्न दिन परमादेश मागेका छन्। साथै, आफूलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशसमेत माग गरेका छन्। प्रहरी ऐन र नियमावलीविपरीत गरिएको सरकारी निर्णय अधिकार क्षेत्रबाहिर रहेको उनको भनाइ छ।















प्रतिक्रिया दिनुहोस्