images images images
images images images
images
images
images

तीब्र उतार चढाबबीच करिब १०अंकले घट्यो नेप्से

images

काठमाडाैं । साताको मंगलबार दिन नेप्से परिसूचक ९.९६ अंकले घटेर २ हजार ६८८.३२ विन्दुमा आइपुगेको छ । नेप्से सूचकमा सुरुवात देखि नै तिब्र उत्तार चढाबबीच बजार घटेर बन्द भएको हो । यो दिन २ करोड २५ लाख कित्ता शेयर किनबेचहुँदा ८ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा न्यादी ग्रुप पावर, हिमालयन पावर पार्टनर, हिमालयन रिइन्स्योरेन्स रहेको छ । यी कम्पनीले ३६ करोड रुपैयाँदेखि ४४ करोड ६० लाख रुपैयाँसम्मको कारोबार गरेका छन् ।

घटेको बजारमा पनि नेपाल माइक्रो इन्स्योरेन्स, ग्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, मकर जितुमाया सुरी हाइड्रो पावर,ग्रीन लाइफ हाइड्रो पावर र तेह्रथुम पावर कम्पनीको शेयर मूल्य ४.९७ प्रतिशतदेखि १० प्रतिशतसम्मले बढेर सर्किट मूल्यमै कारोबार भएको छ ।

images
images

त्यस्तै घटेको बजारमा सर्वाधिक घट्ने कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक, युनियन हाइड्रो पावर, नेपाल हाइड्रो डेप्लोपर र एनआइसी एशिया बैंक फण्डको शेयर मूल्य ५ प्रतिशतदेखि १० प्रतिशतसम्मले घटेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण कमजोर आएपछि शेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ समूहको ०.६५ प्रतिशतले घटेको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्