Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

सन नेपाल लाइफ इन्स्योरेन्सलाई ‘बीबीबी पल्स’ रेटिङ

सन नेपाल लाइफ इन्स्योरेन्सलाई ‘बीबीबी पल्स’ रेटिङ
विज्ञापन
Advertisement

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले केयर रेटिङ्स नेपाल लिमिटेडबाट ‘बीबीबी पल्स’ रेटिङ प्राप्त गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले आफ्नो वित्तीय सुदृढता र दायित्व पूरा गर्ने क्षमतामा उल्लेखनीय सुधार गर्दै यो रेटिङ प्राप्त गरेको हो । यस्तै, कम्पनीले पाएको ‘बीबीबी पल्स’ रेटिङले विश्वसनीयता, सुदृढ वित्तीय प्रदर्शन, अनुभवी व्यवस्थापन टिम, सशक्त प्रशासनिक प्रणाली र उच्च गुणस्तरको लगानी पोर्टफोलियोलाई झल्काउँछ।

‘BBB+’ श्रेणीमा पर्ने कम्पनीहरूलाई आफ्ना दायित्वहरू समयमा पूरा गर्न सक्षम र अपेक्षाकृत स्थिर वित्तीय स्थिति भएको मानिन्छ।

उक्त रेटिङ प्राप्त गरेसँगै कम्पनीले ग्राहक वर्ग, अभिकर्ता र शेयरधनीहरूको निरन्तर विश्वासका लागि आभार प्रकट गर्दै अझ सुदृढ र जिम्मेवार बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।

हाल कम्पनीले देशभर १४८ शाखा तथा उप शाखाहरुबाट सेवा प्रवाह गर्दै आएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit