Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

एनपिएलको दोस्रो संस्करणमा विराटनगरको लगातार दोस्रो जित

एनपिएलको दोस्रो संस्करणमा विराटनगरको लगातार दोस्रो जित
विज्ञापन
Advertisement

काठमाडौं । दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) अन्तगर्त आज भएको दोस्रो खेलमा विराटनगर किङ्सले ५ विकेटले जित हासिल गरेको छ । शनिबार भएको दोस्रो खेलमा विराटनगर किङ्सले १७.१ ओभरको खेलमा ५ विकेट गुमाउदै १३५ रनको लक्ष्य पूरा गरेको हो । काठमान्डूले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३४ रन बनाएको थियो

विज्ञापन
Advertisement
Advertisement

विराटनगर किङ्सले टस जितेर पहिले बलिङ् रोजेपछि काठमान्डूले ब्याटिङको निम्तो पाएको हो ।खेलमा मोहम्मद अदिल आलमले २५ बलमा अविजित रहँदै ४८ तथा बेन चाल्सवर्थले ३३ बलमा ३२ रन बनाए । विराटनगरका मर्चेन्ट डे लाङ्गेले २ विकेट लिए । काठमाडौँले तेस्रो खेल खेलेको हो । पहिलो खेल जितेको काठमाडौँले त्यसपछिका दुवै खेल हारेको छ ।

आठ टिम सहभागी एनपीएलमा अहिलेसम्म सुदूरपश्चिम र विराटनगरले मात्र लगातार दुई खेल जितेका छन् । कर्णाली, लुम्बिनी र चितवनले एक खेलमा जित र एकमा हार बेहोरेका छन् । काठमाडौँले तीनमध्ये एक खेल जितेको छ भने दुई खेल हारेको छ । पोखराले दुवै खेल हारेको छ । जनकपुरले एक खेल हारेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit