Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

पाँच महिनामा पौने नौ खर्बको वैदेशिक व्यापार, निर्यातमा वृद्धि

पाँच महिनामा पौने नौ खर्बको वैदेशिक व्यापार, निर्यातमा वृद्धि
विज्ञापन
Advertisement

काठमाडौं । पछिल्लो पाँच महिनामा नेपालको निर्यात व्यापार ५८.१७ प्रतिशतले बढेको पाइएको छ। भन्सार विभागले सोमबार सावर्जनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनाको आयात निर्यातको तथ्यांक अनुसार गत आवको सोहि अवधिको तुलनामा नेपालको निर्यात व्यापार बढेको हो ।

विज्ञापन
Advertisement
Advertisement

चालु आवको मंसीर महिनासम्म नेपालले कुल १ खर्ब १६ अर्ब ५० करोड ९० लाख रुपैयाँ भन्दा बढीको बस्तु निर्यात गरेको छ। गत आवको सोहि अवधिमा नेपालले ७३ अर्ब ६५ करोड ९७ लाख ७१ हजार रुपैयाँको मात्रै बस्तु निर्यात गरेको थियो ।

यसैबीच नेपालको आयात भने तुलनात्मक रुपमा बढेको छ । चालु आवको मंसीर सम्म नेपालले ७ खर्ब ६६ अर्ब १८ करोड ९१ लाख रुपैयाँ बराबरको बस्तु अयात गरेको छ। गत आवको सोहि अवधिमा नेपालले ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख रुपैयाँको बस्तु आयात गरेको थियो । यो आयात गत आवको तुलनामा १५.८३ प्रतिशतले धेरै हो ।

विभागका अनुसार पाँच महिनामा कुल वैदेशिक व्यापार २०.०७ प्रतिशतले बढेर ८ खर्ब ८२ अर्ब ६९ करोड ८२ लाख २९ हजार रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा कुल वैदेशिक व्यापार ७ खर्ब ३५ अर्ब १४ करोड ८३ लाख ६५ हजार रुपैयाँ थियो ।

यसैगरी व्यापार घाटा भने १०.५२ प्रतिशतले बढेर ६ खर्ब ४६ अर्ब ६८ करोड १ लाख ५६ हजार रुपैयाँ बराबर पुगेको छ। समीक्षाअवधिमा व्यापार घाटा ५ खर्ब ८७ अर्ब ८२ करोड ८८ लाख २२ हजार रुपैयाँ रहेको थियो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit