Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

कजारियाको जनकपुरमा एक्सक्लुसिभ शोरूम, मधेश प्रदेशमा उपस्थिति विस्तार

कजारियाको जनकपुरमा एक्सक्लुसिभ शोरूम, मधेश प्रदेशमा उपस्थिति विस्तार
विज्ञापन
Advertisement

जनकपुर । प्रिमियम तथा नवीन डिजाइनका टायल उत्पादनका लागि परिचित कजारिया रमेश टायल्स लिमिटेड ले मधेश प्रदेशमा आफ्नो उपस्थिति विस्तार गर्दै जनकपुरमा नयाँ एक्सक्लुसिभ शोरूम सञ्चालनमा ल्याएको छ।

विज्ञापन
Advertisement
Advertisement

बाबा अटोमाटा ट्रेडिङ प्रा. लि. द्वारा सञ्चालनमा ल्याइएको उक्त शोरूम जनकपुर तथा आसपासका क्षेत्रमा उच्च गुणस्तरका टायलप्रति बढ्दो मागलाई सम्बोधन गर्ने उद्देश्यले स्थापना गरिएको कम्पनीले जनाएको छ। नयाँ शोरूमले ग्राहकलाई आधुनिक, व्यवस्थित तथा ग्राहक–मैत्री खरिद अनुभव प्रदान गर्ने विश्वास लिइएको छ।

शोरूमको औपचारिक उद्घाटन शुक्रबार बिहान विशेष समारोहका बीच सम्पन्न भएको थियो। कार्यक्रममा उद्योग क्षेत्रका प्रतिनिधि, स्थानीय व्यवसायी, ग्राहक तथा अग्रणी इन्जिनियर र आर्किटेक्टहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कम्पनीका निर्देशक हिमांशु अग्रवालले रिबन काटेर शोरूम उद्घाटन गरेका थिए। समारोहमा उरुषा भण्डारी र दीपशिखा नेपाल को उपस्थिति पनि रहेको थियो।

 

कार्यक्रमलाई सम्बोधन गर्दै निर्देशक अग्रवालले क्षेत्रीय ग्राहक र व्यावसायिक साझेदारहरूको विश्वासप्रति आभार व्यक्त गर्दै जनकपुरजस्ता प्रमुख शहरमा ब्रान्ड विस्तार हुनु निर्माण तथा पूर्वाधार क्षेत्रमा देखिएको सकारात्मक गतिशीलताको संकेत भएको बताए। उनले गुणस्तरीय तथा विश्वसनीय उत्पादनमा उपभोक्ताको पहुँच विस्तारसँगै रोजगारी सिर्जना र क्षेत्रीय आर्थिक वृद्धिमा समेत टेवा पुग्ने उल्लेख गरे।

जनकपुरको प्रमुख स्थानमा अवस्थित नयाँ शोरूममा कजारियाका प्रिमियम टायल संग्रह आकर्षक ढंगले प्रदर्शित गरिएको छ। ग्राहकहरूले आवासीय, व्यावसायिक तथा आर्किटेक्चरल प्रयोजनका लागि उपयुक्त विभिन्न डिजाइन र शैली आधुनिक वातावरणमा अवलोकन गर्न सक्नेछन्।

कम्पनीले नेपालमै स्थापना गरेको अत्याधुनिक टायल उत्पादन उद्योगमार्फत ३,००० भन्दा बढी डिजाइन विकल्प बजारमा उपलब्ध गराउँदै आएको जनाएको छ। अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डअनुसार उत्पादन हुने टायलहरूले आन्तरिक सजावटलाई दीगो र आकर्षक बनाउने दाबी गरिएको छ।

हाल कजारियाले देशभर १०० भन्दा बढी शोरूमको सञ्जाल विस्तार गरिसकेको छ। कम्पनीका उत्पादनमा ग्लेज्ड भिट्रिफाइड टायल (६०×१२० से.मी., ६०×६० से.मी., १९.५×१२० से.मी.), हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल (४०×४० से.मी.) तथा सेरामिक वाल टायल (३०×६० से.मी., ३०×४५ से.मी.) समावेश छन्। यी टायलहरू पानी तथा दाग प्रतिरोधी, बलियो र आधुनिक डिजाइनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit