Advertisement
Advertisement
Corporate Samachar
७ असार २०८३, आईतवार
Advertisement

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा सुरु हुनेछ ।

विज्ञापन
Advertisement
Advertisement

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि बस्न लागेको यो बैठकलाई महत्त्वका साथ हेरिएको छ ।

चुनावको समीक्षा र भावी रणनीति तयार गर्न कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो । बैठक बोलाएपछि पार्टी सभापति गगनकुमार थापाले बुधबार पदबाट राजीनामा दिएकाले यो बैठक कसरी अगाडि बढ्छ भन्ने चासो बढेको छ ।

सभापति थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामापत्र बुझाएका हुन् । सभापति थापाको राजीनामापत्रका सन्दर्भमा पनि बैठकमा छलफल हुनेछ ।

उपसभापति शर्माले सभापतिको राजीनामा अस्वीकृत हुने बताइसकेका छन् । यद्यपि बैठकमा छलफल गरेपछि यो विषयमा कांग्रेसले निर्णय लिनेछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit