Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

‘नेपाल डिजिटल पूर्वाधार कम्पनी’ पूर्ण सञ्चालनमा, सस्तो इन्टरनेट र साझा पूर्वाधारमा जोड

‘नेपाल डिजिटल पूर्वाधार कम्पनी’ पूर्ण सञ्चालनमा, सस्तो इन्टरनेट र साझा पूर्वाधारमा जोड
विज्ञापन
Advertisement

काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी नेपाल डिजिटल पूर्वाधार कम्पनी पूर्ण रूपमा सञ्चालनमा आएको छ। सूचना प्रविधि र दूरसञ्चार क्षेत्रमा सुधार ल्याउने लक्ष्यसहित कम्पनी सञ्चालनमा ल्याइएको हो।

विज्ञापन
Advertisement
Advertisement

प्राधिकरणका कार्यकारी निर्देशक हीतेन्द्रदेव शाक्य ले साझा पूर्वाधार अवधारणामा आधारित कम्पनीले सहरी सुन्दरता सुधार गर्ने, दुर्गम क्षेत्रमा इन्टरनेट पहुँच विस्तार गर्ने र सूचना प्रविधिको एकीकृत विकासमा योगदान पुर्‍याउने बताएका छन्।

कम्पनीले इन्टरनेट सेवा प्रदायकलाई ‘प्लग–एण्ड–प्ले’ ढाँचामा पूर्वाधार उपलब्ध गराउनेछ। यसबाट सेवा प्रदायकको पुँजीगत खर्च घट्ने र उपभोक्ताले सस्तो इन्टरनेट सेवा पाउने अपेक्षा गरिएको छ।

प्राधिकरणका अनुसार कम्पनीले अप्टिकल फाइबर, भूमिगत डक्ट र पोलजस्ता संरचनालाई ‘प्यासिभ एसेट्स’ का रूपमा भाडामा उपलब्ध गराउनेछ, जसले दूरसञ्चार सेवा विस्तारलाई सहज बनाउनेछ।

काठमाडौँ उपत्यकामा देखिएको अव्यवस्थित तार व्यवस्थापनलाई प्राथमिकतामा राख्दै कम्पनीले भूमिगत संरचना विस्तार गर्ने योजना बनाएको छ। साझा पाइप प्रयोगले सहरी सौन्दर्य सुधार हुनुका साथै आगलागी र दुर्घटनाको जोखिम घटाउने अपेक्षा गरिएको छ। यसले विभिन्न कम्पनीले छुट्टाछुट्टै सडक खन्नुपर्ने अवस्थाको अन्त्य गर्नेछ।

सरकारको प्रत्येक घरधुरीमा डिजिटल कनेक्टिभिटी विस्तार गर्ने लक्ष्यमा कम्पनीले सहयोग पुर्‍याउने विश्वास गरिएको छ। विशेषगरी ग्रामीण क्षेत्रमा निजी कम्पनीका लागि महँगो पर्ने पूर्वाधार निर्माणको विकल्पका रूपमा प्राधिकरणको संरचना प्रयोग गर्दा सेवा लागत घट्ने र सर्वसाधारणले सस्तोमा इन्टरनेट पाउने वातावरण बन्ने अपेक्षा गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit