images images images
images images images
images
images
images

स्थानीय तहको वडा सीमा विवाद सुल्झाउँदै संघ सरकार, गृहकार्य तीव्र

images

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तह र वडाहरूको सीमांकन तथा संख्या पुनरावलोकनका लागि गृहकार्य तीव्र पारेको छ।

२०७४ सालमा स्थानीय तह निर्धारण गर्दा भएका प्राविधिक त्रुटि र व्यवहारिक कठिनाइलाई सम्बोधन गर्न मन्त्रालयले ‘स्थानीय तह र वडाको संख्या तथा सीमा हेरफेर सम्बन्धी मापदण्ड, २०८३’ को मस्यौदामाथि प्राप्त सुझावहरूको अध्ययन गरिरहेको जनाएको हो ।यसअघि सिमाङ्कन र भू–भाग एकातिर सिफारिस अर्कातिरबाट हुँदा जनतालाई परेको अप्ठेरो र गुनासो सम्बोधन गर्न मन्त्रालयले नीतिगतरुपमै समस्या सुल्झाउन त्यससम्बन्धी कानुन निर्माणका लागि मापदण्डको मस्यौदा तयार गरी आम जनतासँग सुझाव र राय परामर्श माग गरेको थियो ।

images
images

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव दीपक ढकालले स्थानीय तहबाट अध्ययन गरी मापदण्डका आधारमा गाउँपालिका महासङ्घ र नगरपालिका संघका पदाधिकारीसँगको छलफल र परामर्शमा मापदण्डको मस्यौदालाई अन्तिमरुप प्रदान गर्न अध्ययन भइरहेको जानकारी दिए । यसअघि मापदण्डको मस्यौदामा केही छ भने सुझाव पाउ भनी सरोकारवाला पक्षसँग मन्त्रालयले आह्वान गरिसकेको छ । उपसचिव ढाकालका अनुसार कतिपय स्थानीय तह तथा नगरपालिका, उपमहानगरपालिका गाभिएर महानगरपालिका बनाउन हालको नगरपालिकको वर्गीकरणलाई पुनरावलोकन गर्ने भन्ने विषय पनि उठेको छ । त्यस्तो अवस्थामा वर्गीकरणमा समेट्न सकिने गरी मापदण्डको मस्यौदाबारे मन्त्रालयमा विभिन्न चरणमा छलफल भइसकेको छ ।

स्थानीय तह सञ्चालन ऐनमा स्थानीय तहमा साँध सिमाना एक अपसमा गाभिन सक्ने प्रावधान छ। मुलुकका झण्डै १०० भन्दा बढी स्थानीय तहबाट स्थानीय तहको केन्द्र परिवर्तनका कुरा पनि उठेको मन्त्रालयले जनाएको छ। विस २०७४ मा ७५३ स्थानीय तह रहने व्यवस्था भएसँगै आम जनताको घर नजिक स्थानीय सरकारका रुपमा पालिका सरकार सञ्चालन छ । एक केन्द्र सरकारसहित सात प्रदेश सरकार र ७५३ स्थानीय सरकार अभ्यासमा हाल देशभर ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका ४६० गाउपालिका र ६ हजार ७४३ वटा वडा कायम छन् ।

विगतमा स्थानीय तह नाम र सङ्ख्या सिफारिसमा स्थानीय कार्यदलदेखि प्रदेश हुुँदै केन्द्रमा आयोग गठन गरी त्यसले दिएको सुझावका आधारमा निर्णय नाम र वडाको संख्या कायम गरिएको हो । त्यस बेला स्थानीय तह र वडाको मोटामोटी सिमाङ्कन गरिए पनि साङ्गोपाङगो रुपमा फिल्डमा गएर चुस्तदुरुस्त गर्न सकेको थिएन । जसका कारण अभ्यासका क्रममा केही वडाको भूगोल र सीमाना फेरबदल पर्न गएको मन्त्रालयको भनाइ छ । मापदण्डसम्बन्धी मस्यौदामाथि सुझाव दिने क्रममा आम जनताबाट केही वडाको सीमा बढाउन, गाभ्न र छुट्याइ अनुरोध भएको पाइएको छ । मन्त्रालयले व्यवहारिक र विधिसम्मत प्राप्त सुझावलाई मस्यौदामा समावेश गर्ने जनाएको छ ।

स्थानीय तहको सीमा क्षेत्रका रुपमा रहेको खोला र नदिबीचको भू–भाग कस्तो हुने भन्ने तथा दुई वा दुईभन्दा बढी स्थानीय तह गाभिने कार्य प्रक्रिया के–कसरी सरलीकरण गर्नसकिन्छ भनी मन्त्रालयले रायसुझाव लिएको जनाएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्