काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नयाँ कर्जा योजना ‘सिद्धार्थ गोल्ड लोन’ सार्वजनिक गरेको छ ।
तत्काल वित्तीय आवश्यकता सहज रूपमा पूरा गर्ने उद्देश्यले ल्याइएको उक्त योजनाअन्तर्गत ग्राहकहरूले आफ्नो सुन तथा सुनका गरगहना धितो राखी बैंकबाट आवश्यक कर्जा रकम प्राप्त गर्न सक्नेछन्। बैंकका अनुसार यो सुविधामार्फत अधिकतम ५० लाख रुपैयाँसम्म कर्जा उपलब्ध हुनेछ।
धितो राखिएको सुनको मूल्यांकनका आधारमा बैंकले अधिकतम ७५ प्रतिशतसम्म कर्जा प्रवाह गर्ने जनाएको छ। यसबाट ग्राहकहरूले व्यक्तिगत तथा व्यावसायिक आवश्यकता पूरा गर्न सहज हुने बैंकको विश्वास छ। ‘सिद्धार्थ गोल्ड लोन’ सुविधा हाल काठमाडौंस्थित न्यूरोड गेट शाखाबाट उपलब्ध रहेको बैंकले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्