Advertisement
Advertisement
Corporate Samachar
३१ असार २०८३, बुधबार
Advertisement

आगामी नाइमा मोबिलिटी एक्स्पोमा ‘चेरी क्यू’ सार्वजनिक गरिने

आगामी नाइमा मोबिलिटी एक्स्पोमा ‘चेरी क्यू’ सार्वजनिक गरिने
विज्ञापन
Advertisement

काठमाडौं। नेपालका लागि चेरी ब्रान्डको आधिकारिक वितरक पायोनियर मोटो कर्पले विद्युतीय अर्बन क्रसओभर ‘चेरी क्यू’ लाई नाइमा मोबिलिटी एक्स्पो २०२६ मार्फत नेपालमा पहिलो पटक सार्वजनिक गर्ने घोषणा गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

योसँगै, नेपाली ग्राहकहरूले आगामी साउन २७ गतेदेखि भदौ १ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ मा पहिलो पटक अन्तर्राष्ट्रिय पुरस्कार विजेता चेरी क्यूलाई प्रत्यक्ष रूपमा अवलोकन गर्न सक्नेछन्।

दैनिक शहरी यात्रालाई सहज र आरामदायी बनाउने उद्देश्यले विकास गरिएको चेरी क्यूमा ४१.२ किलोवाट–घण्टा क्षमताको ब्याट्री तथा ९० किलोवाट क्षमताको विद्युतीय मोटर जडान गरिएको छ, जसले एनईडीसी मापदण्डअनुसार करिब ४०० किलोमिटरसम्मको ड्राइभिङ दूरी प्रदान गर्ने अपेक्षा गरिएको छ। रियर–ह्विल ड्राइभ प्लेटफर्ममा आधारित यस अर्बन क्रसओभरले उत्कृष्ट ड्राइभिङ अनुभवसँगै उच्च ऊर्जा दक्षता समेत प्रदान गर्ने कम्पनीको दाबी छ।

चेरी क्यूले विश्वप्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड २०२५’ तथा ‘आईएफ डिजाइन अवार्ड २०२६’पाइसकेको छ । यसको आकर्षक डिजाइन, नवीन सोच तथा सौन्दर्य र उपयोगिताबीचको उत्कृष्ट संयोजनका लागि प्राप्त गरेको हो। यसैगरी, चेरी क्यूले सन् २०२६ को आईएफ डिजाइन अवार्ड समेत जितिसकेको कम्पनीले जनाएको छ।

चेरी क्यूले आधुनिक शहरी विद्युतीय सवारीको नयाँ परिकल्पना प्रस्तुत गर्दै भविष्यमुखी डिजाइन र स्मार्ट इन्जिनियरिङको उत्कृष्ट संयोजन प्रदान गर्दै आएको उल्लेख गरेको छ। कम्पनीका अनुसार यसको सफा तथा आकर्षक बाह्य डिजाइन, न्यूनतम डिजाइन अवधारणामा आधारित प्रिमियम भित्री संरचना, विशेष प्रकाश हस्ताक्षर तथा फराकिलो क्याबिनले आधुनिक शहरी जीवनशैलीलाई ध्यानमा राखेर निर्माण गरिएको क्रसओभरको परिचय दिन्छ।

आधुनिक डिजाइन, अन्तर्राष्ट्रिय स्तरमा सम्मानित गुणस्तर तथा अत्याधुनिक विद्युतीय प्रविधिको संयोजन भएको चेरी क्यूले नेपालको बढ्दो विद्युतीय सवारी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit