Advertisement
Advertisement
Corporate Samachar
३ मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउन सेबोन र एनआरएनबीच छलफल

गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउन सेबोन र एनआरएनबीच छलफल
विज्ञापन
Advertisement

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) र गैरआवासीय नेपाली (एनआरएन) का प्रतिनिधिबीच गैरआवासीय नेपालीलाई नेपालको धितोपत्र बजारमा आकर्षित गर्ने तथा आवश्यक कानुनी सुधारका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

विज्ञापन
Advertisement
Advertisement

ललितपुरस्थित बोर्डको कार्यालयमा आयोजित कार्यक्रममा बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टसहित उच्च पदाधिकारी तथा गैरआवासीय नेपालीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा अध्यक्ष डा. भट्टले नेपाल सरकारले चालु आर्थिक वर्ष २०८३-०८४ को बजेटमार्फत गैरआवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा सहभागी गराउने उद्देश्यसहित कानुनी व्यवस्था सुधार गर्ने घोषणा गरेको उल्लेख गर्दै सोहीअनुसार बोर्डले आफ्नो वार्षिक कार्यक्रम तथा पूँजी बजार नीतिमा आवश्यक व्यवस्था समावेश गरी कार्य अघि बढाउने तयारी गरेको जानकारी दिए ।

उनले विदेशमा रहेका नेपालीले आर्जन गरेको सीप, ज्ञान र पूँजीलाई नेपालको भौतिक पूर्वाधार तथा आर्थिक विकाससँग जोड्न बोर्ड आवश्यक सहजीकरण गर्न प्रतिबद्ध रहेको पनि बताए ।

छलफलका क्रममा गैरआवासीय नेपालीका प्रतिनिधिहरूले सरकार र धितोपत्र बोर्डको पहलले नेपालको पूँजी बजारमा गैरआवासीय नेपालीको लगानीका लागि अनुकूल वातावरण निर्माण हुँदै गएको धारणा व्यक्त गरेका थिए।

उनीहरूले नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापना भएको इन्भेष्टमेन्ट कम्पनीमार्फत सार्वजनिक निष्काशन (आईपीओ) गरेर विदेशमा रहेका नेपाली तथा गैरआवासीय नेपालीबाट पूँजी संकलन गर्ने र उक्त रकम नेपालको भौतिक पूर्वाधार विकासमा लगानी गर्ने योजना रहेको जानकारी गराए।

प्रतिनिधिहरूले भविष्यमा परियोजनामुखी लगानीका लागि ऋणपत्र (बण्ड तथा डिबेन्चर) जारी गरी स्रोत परिचालन गर्ने योजना पनि रहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक कानुनी तथा नीतिगत सुधारमा धितोपत्र बोर्डले सहजीकरण गरिदिन आग्रह गरेका थिए।

छलफलमा गैरआवासीय नेपालीको लगानीमार्फत नेपालको पूँजी बजार विस्तार, पूर्वाधार विकासमा वित्तीय स्रोत परिचालन तथा दीर्घकालीन आर्थिक विकासमा टेवा पुर्‍याउने विषयमा समेत विचार आदानप्रदान भएको थियो।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit