काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्दैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे बस्ने बैठकमा पछिल्लो समय विकसित सुरक्षा अवस्था र समसामयिक राष्ट्रिय विषयमा छलफल हुने जनाइएको छ।
बैठकमा देशको समग्र सुरक्षा अवस्था, पछिल्ला घटनाक्रम तथा आवश्यक नीतिगत विषयमा समीक्षा र छलफल हुने अपेक्षा गरिएको छ।
राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति तथा रक्षा सचिव सदस्य रहने कानुनी व्यवस्था छ।















प्रतिक्रिया दिनुहोस्