Advertisement
Advertisement
Corporate Samachar
३ मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

६.६१ करोड रुपैयाँ बराबरको संस्थापक शेयर बिक्री गर्दै रिलायबल भेञ्चर क्यापिटल

६.६१ करोड रुपैयाँ बराबरको संस्थापक शेयर बिक्री गर्दै रिलायबल भेञ्चर क्यापिटल
विज्ञापन
Advertisement

काठमाडौं । रिलायबल भेञ्चर क्यापिटल लिमिटेडले साढे ६ करोड रुपैयाँ बराबरको संस्थापक शेयर बिक्रीमा ल्याएको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीका अनुसार संस्थापक शेयरधनीबाट शेयर बिक्रीका लागि निवेदन प्राप्त भएपछि ५ लाख २५ हजार कित्ता संस्थापक शेयर बिक्री प्रक्रिया सुरु गरिएको हो।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२६ रुपैयाँ १ पैसा निर्धारण गरिएको छ। कम्पनीकाअनुसार बिक्रीमा राखिएको शेयरको कुल मूल्य ६ करोड ६१ लाख ५५ हजार २५० रुपैयाँ बराबर रहेको छ।बिक्रीमा राखिएको शेयर खरिद गर्ने पहिलो अधिकार हालका संस्थापक शेयरधनीहरूलाई दिइएको छ। इच्छुक संस्थापक शेयरधनीहरूले कम्पनीबाट १०० रुपैयाँ तिरेर आवेदन फारम खरिद गर्नुपर्नेछ ।

कम्पनीले तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन नपरेमा बाँकी शेयर संस्थापकबाहेक अन्य लगानीकर्तालाई बिक्री गर्ने जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit