Advertisement
Advertisement
Corporate Samachar
९ भाद्र २०८३, मंगलवार
Advertisement
Advertisement

त्रिभुवन विमानस्थलमा ११ किलो गाँजासहित तीन भारतीय पक्राउ

त्रिभुवन विमानस्थलमा ११ किलो गाँजासहित तीन भारतीय पक्राउ
विज्ञापन
Advertisement

काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरोले थाइल्यान्डबाट हङकङ हुँदै नेपाल ल्याइएको ११ किलोग्राम गाँजासहित तीन भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

ब्युरोका अनुसार शंकास्पद यात्रुको प्रोफाइलिङ गर्ने क्रममा खटिएको टोलीले क्याथे प्यासिफिक एयरवेजको उडान नम्बर सीएक्स–६०३ मार्फत काठमाडौं आएका दुई भारतीय नागरिकलाई झोलाभित्र लुकाएर ल्याइएको ११ किलोग्राम गाँजासहित पक्राउ गरेको हो। सोही गाँजा लिन विमानस्थल पुगेका अर्का एक भारतीय नागरिकलाई पनि नियन्त्रणमा लिइएको छ।

पक्राउ पर्नेमा भारतको पञ्जाब राज्य लुधियानाका ३० वर्षीय सोनी, २३ वर्षीय जागरुप सिंह तथा हरियाणाका २२ वर्षीय साहिल रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit