Advertisement
Advertisement
Corporate Samachar
९ भाद्र २०८३, मंगलवार
Advertisement
Advertisement

आइएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्डबाट उत्कृष्ट अभिकर्ता सम्मानित

आइएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्डबाट उत्कृष्ट अभिकर्ता सम्मानित
विज्ञापन
Advertisement

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गर्दै ‘आइएमई लाइफ बिजनेश एक्सिलेन्स अवार्ड नाइट २०२६’ सम्पन्न गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

श्रावण १५ गते काठमाडौंस्थित एक होटलमा आयोजित कार्यक्रममा ३५० भन्दा बढी अभिकर्ताको सहभागिता रहेको कम्पनीले जनाएको छ। उत्कृष्ट व्यवसायिक प्रदर्शन गर्ने, धेरै बीमालेख जारी गर्ने तथा उल्लेखनीय योगदान पुर्‍याउने अभिकर्ताहरूलाई अवार्ड प्रदान गरिएको थियो।

कार्यक्रममा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा। रामहरि अर्याल, सञ्चालकहरू, उच्च व्यवस्थापन तथा अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले कम्पनीको उल्लेखनीय प्रगतिमा अभिकर्ताको मेहनत र प्रविधिको प्रभावकारी प्रयोग मुख्य आधार रहेको बताए। उनले आगामी दिनमा अभिकर्ताको कार्यलाई थप सहज बनाउन अत्याधुनिक प्रविधिमा लगानी बढाइने जानकारी दिए।

आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले पछिल्लो आठ वर्षमा कम्पनीले उल्लेखनीय प्रगति गरेको उल्लेख गर्दै प्रविधिमैत्री सेवा विस्तारमा आइएमई लाइफ अग्रसर रहेको बताए। सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले बीमा अभिकर्ताले बिक्रीकर्ताभन्दा बीमा परामर्शदाताको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै कम्पनीले उनीहरूको व्यावसायिक क्षमता अभिवृद्धिका लागि तालिम तथा विकास कार्यक्रमलाई निरन्तरता दिने बताए।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्काले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले हासिल गरेको व्यवसायिक सफलतामा अभिकर्ताहरूको योगदान निर्णायक रहेको उल्लेख गरे। उनले डिजिटल सेवा विस्तार, समयानुकूल सेवा परिमार्जन तथा नयाँ व्यवसायिक योजनामार्फत कम्पनीलाई अझ प्रतिस्पर्धी बनाउने प्रतिबद्धता व्यक्त गरे। कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार अभिकर्ताहरूको क्षमता अभिवृद्धि, उत्प्रेरणा र सम्मानलाई निरन्तरता दिन यस्ता कार्यक्रम नियमित रूपमा आयोजना गरिनेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit