Advertisement
Advertisement
Corporate Samachar
९ भाद्र २०८३, मंगलवार
Advertisement
Advertisement

ब्रोड पीक हिमपहिरोमा निधन भएका दुईको शव नेपाल ल्याउने प्रकृयामा, बाँकीको खोजी जारी : परराष्ट्र

ब्रोड पीक हिमपहिरोमा निधन भएका दुईको शव नेपाल ल्याउने प्रकृयामा, बाँकीको खोजी जारी : परराष्ट्र
विज्ञापन
Advertisement

काठमाडौं । पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पीक आरोहणका क्रममा गएको विनाशकारी हिमपहिरोमा परी कीर्तिमानी आरोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहित ६ जना नेपाली आरोहीको निधन भएको घटनाप्रति सरकारले दुःख व्यक्त गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

परराष्ट्र मन्त्रालयले आज उक्त दुर्घटनामा नेपाली आरोहीहरू निर्मल पुर्जासहित पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पासहित अन्तर्राष्ट्रिय आरोहण दलका सदस्यहरूको निधनले अपूरणीय क्षति पुगेको जनाएको हो। ‘१४ पीक्स’ अभियानमार्फत विश्वका सबै ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका निर्मल पुर्जाको निधनले विश्व पर्वतारोहण क्षेत्रमै अपूरणीय क्षति पुगेको मन्त्रालयको भनाइ छ।

दुर्घटनाको जानकारी प्राप्त भएलगत्तै पाकिस्तानका सम्बन्धित निकाय र नेपाली आरोहण टोलीले उच्च हिमाली क्षेत्रको कठिन परिस्थितिका बाबजुद खोज तथा उद्धार कार्यलाई तीव्र बनाएका थिए । हालसम्म पुरबहादुर गुरुङ ‘युक्ता’ र ग्यालु शेर्पाको शव फेला परेको छ भने अन्य आरोहीहरूको खोजी कार्य जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । फेला परेका शवहरू स्वदेश ल्याउन इस्लामाबादस्थित नेपाली राजदूतावासले आवश्यक समन्वय तथा सहजीकरण गरिरहेको छ । परराष्ट्र मन्त्रालयले भनेको छ, ‘दुर्घटनामा निधन भएका नेपाली आरोहीहरूमध्ये पुरबहादुर गुरुङ ‘युक्ता’ र ग्यालु शेर्पाको शव फेला परिसकेको छ भने बाँकीको खोजी कार्य निरन्तर जारी रहेको छ। साथै, नेपाली आरोहीहरूको शव स्वदेश फिर्ता ल्याउन नेपाली राजदूतावास, इस्लामाबादबाट आवश्यक सहजीकरण भइरहेको बेहोरा पनि जानकारी गराइएको छ।’

यस्तै, नेपाल सरकारले खोज तथा उद्धार कार्यमा खटिएका नेपाली तथा पाकिस्तानी पर्वतारोही टोलीको साहस र प्रयासको प्रशंसा गरेको छ । परराष्ट्र मन्त्रालयले दिवंगत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । यही साउन १४ गते ब्रोड पीकको करिब ६ हजार ६ सय मिटर उचाइमा क्याम्प–२ बाट क्याम्प–३ तर्फ जाने क्रममा हिमपहिरो गएको थियो। त्यसमा १० जना आरोहीहरुको निधन भएको छ थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit