काठमाडौं । पाकिस्तानको ब्रड पिकमा दुर्घटनामा परेका नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाई’ रहेको स्थानमा स्थलमार्गबाट गएको उद्धार टोली पुगेको छ। पाकिस्तान अल्पाइन क्लबका अनुसार टोली करिब ५ हजार ७ सय मिटर उचाइमा रहेको स्थानमा पुगेको हो।
उद्धार टोलीले निम्सदाईको शव रहेको स्थानमै थप तीन वटा शव पनि देखेको जनाएको छ। यद्यपि ती शव कसका हुन् भन्ने पहिचान भने अझै पुष्टि हुन बाँकी रहेको पाकिस्तान अल्पाइन क्लबले जनाएको छ। हाल उद्धार टोलीले सबै शवलाई जापानिज क्याम्पसम्म झार्ने काम गरिरहेको छ।
ब्रड पिकमा आएको हिमपहिरोपछि निर्मल पुर्जासहित आरोहीहरू बेपत्ता भएका थिए। उद्धार अभियान प्रतिकूल मौसम र कठिन भूगोलका कारण चुनौतीपूर्ण बनेको थियो।















प्रतिक्रिया दिनुहोस्