Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

हिमालयन रिइन्स्योरेन्समा फेरि नेतृत्व परिवर्तन, अध्यक्ष निरौलाको राजीनामा स्वीकृत

हिमालयन रिइन्स्योरेन्समा फेरि नेतृत्व परिवर्तन, अध्यक्ष निरौलाको राजीनामा स्वीकृत
विज्ञापन
Advertisement

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडका सञ्चालक समिति अध्यक्ष उदयकुमार निरौलाको राजीनामा स्वीकृत भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लगायत सम्बन्धित नियामक निकायलाई जानकारी गराउँदै निरौलाले व्यक्तिगत कारण देखाउँदै अध्यक्ष तथा सञ्चालक दुवै पदबाट राजीनामा दिएको जनाएको छ । कम्पनीका अनुसार सञ्चालक समितिको बैठकले निरौलाले साउन २९ गते पेश गरेको राजीनामा भदौ १० गतेदेखि लागू हुने गरी स्वीकृत गर्ने निर्णय गरेको हो।

निरौला हिमालयन रिइन्स्योरेन्सको अध्यक्षमा गत चैतमा नियुक्त भएका थिए । कम्पनीको ८२औँ सञ्चालक समिति बैठकले तत्कालीन अध्यक्ष शेखर गोल्छाको स्थानमा निरौलालाई सञ्चालक नियुक्त गरेपछि सोही बैठकले उनलाई अध्यक्ष चयन गरेको थियो । यससँगै हिमालयन रिइन्स्योरेन्सको सञ्चालक समितिमा पुनः फेरबदल भएको छ ।

पछिल्ला महिनाहरूमा कम्पनीको सञ्चालक समिति तथा उच्च व्यवस्थापन तहमा निरन्तर परिवर्तन हुँदै आएको छ। यसअघि पनि विभिन्न सञ्चालकहरूले राजीनामा दिएका थिए भने कामु प्रमुख कार्यकारी अधिकृत मुकेशकुमार कपुरले समेत जिम्मेवारी सम्हालेको केही दिनमै राजीनामा दिएर बाहिरिएका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit