Advertisement
Advertisement
Corporate Samachar
२३ भाद्र २०८३, मंगलवार
Advertisement

प्रधानमन्त्री राहत कोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग

प्रधानमन्त्री राहत कोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
विज्ञापन
Advertisement

काठमाडौं । भोटेकोसी नदी प्रणालीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि काठमाडौं सुन्धारास्थित धवलागिरि बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख १७ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

सहकारीका अनुसार कुल सहयोग रकममध्ये ५ लाख रुपैयाँ संस्थाको तर्फबाट र बाँकी १७ हजार ५ सय रुपैयाँ संस्थाका सञ्चालकको तर्फबाट जम्मा गरिएको जनाएको छ।

सहकारीले विपद्को यस घडीमा प्रभावित नागरिकको सहयोग र पुनःस्थापनाका लागि सबै पक्षबाट आवश्यक सहयोग जुट्नुपर्नेमा जोड दिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit