Advertisement
Advertisement
Corporate Samachar
२७ भाद्र २०८३, शनिबार
Advertisement

सुनको मूल्य तोलामा चार हजार ८ सय र चाँदी २५५ रुपैयाँले सस्तियो

सुनको मूल्य तोलामा चार हजार ८ सय र चाँदी २५५ रुपैयाँले सस्तियो
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्यमा उच्च गिरावट आएको छ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले घटेको हो । अघिल्लो कारोबार दिन (बिहीबार) सुन प्रतितोला तीन हजार ४ सय रूपैयाँले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ३ लाख १ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ तोकिएको थियो।

यसैगरी, आज चाँदीको मूल्यमा पनि एकैदिन २ सय ५५ रुपैयाँको घटेको छ। बिहीबार तोलाको ४ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६ सय रुपैयाँमा झरेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार तीन सय ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit