Advertisement
Advertisement
Corporate Samachar
२८ आश्विन २०८३, बुधबार
Advertisement
Advertisement

नर्भिकले इन्टरनेशनल हस्पिटलले ४२.१०५ प्रतिशत लाभांश वितरण गर्ने

नर्भिकले इन्टरनेशनल हस्पिटलले ४२.१०५ प्रतिशत लाभांश वितरण गर्ने
विज्ञापन
Advertisement

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले आर्थिक वर्ष २०८२-०८३ को मुनाफाबाट कुल ४२.१०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीको भदौ २६ गते शुक्रबार सम्पन्न छैटौँ वार्षिक साधारणसभाले २० प्रतिशत बोनस सेयर र २२।१०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसमेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

साधारणसभाले बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको २० प्रतिशत बराबरको सेयर बुक बिल्डिङ प्रक्रियामार्फत सर्वसाधारणका लागि निष्कासन गर्ने निर्णयसमेत गरेको छ। उक्त प्रक्रियाअन्तर्गत संस्थागत लगानीकर्तालाई वितरण गरिने विवरणपत्र स्वीकृत गर्नेलगायत आवश्यक कामकारबाहीका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिएको छ।

कम्पनीको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२-0८३ मा फार्मेसीबाहेक अस्पतालको कुल आम्दानी २ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी, कुल खर्च २ अर्ब ३६ करोड रुपैयाँ तथा खुद नाफा ४७ करोड रुपैयाँभन्दा माथि रहेको छ।

फार्मेसीसमेत समावेश गर्दा अस्पतालको कुल आम्दानी ३ अर्ब ४७ करोड रुपैयाँ, कुल खर्च २ अर्ब ९९ करोड रुपैयाँ तथा खुद नाफा ४७ करोड ८५ लाख रुपैयाँभन्दा बढी रहेको प्रतिवेदनमा उल्लेख छ।

अस्पतालले आर्थिक वर्ष २०८२-०८३ मा ओपीडी सेवामार्फत १ लाख ७९ हजार, आईपीडी सेवामार्फत ९ हजार तथा आकस्मिक सेवामार्फत ६ हजार बिरामीलाई उपचार सेवा प्रदान गरेको जनाएको छ।

यस्तै, नर्भिकले अस्ट्रेलिया, बेलायत, जापान, न्युजिल्यान्ड तथा पपुवा न्युगिनीका लागि ४१ हजार सेवाग्राहीलाई इमिग्रेसन हेल्थ स्क्रिनिङ सेवा उपलब्ध गराएको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit