Advertisement
Advertisement
Corporate Samachar
२८ आश्विन २०८३, बुधबार
Advertisement
Advertisement

घरजग्गा किन्न चाहनेका लागि एक्स्पोमा विशेष अफर, ५ हजार १ रुपैयाँमै टोकन बैना देखि जग्गा खरिदमा २५ प्रतिशत छुटसम्म

घरजग्गा किन्न चाहनेका लागि एक्स्पोमा विशेष अफर, ५ हजार १ रुपैयाँमै टोकन बैना देखि जग्गा खरिदमा २५ प्रतिशत छुटसम्म
विज्ञापन
Advertisement

काठमाडौं । आफ्नै घर बनाउने वा खरिद गर्ने योजनामा रहेका उपभोक्तालाई लक्षित गर्दै काठमाडौंमा आयोजना हुन लागेको ‘सिजी प्रोपर्टिज नवौँ नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी’मा विभिन्न आकर्षक अफर सार्वजनिक गरिएको छ।

विज्ञापन
Advertisement
Advertisement

एक्स्पोमा ७७ लाख ५० हजार रुपैयाँदेखि घर खरिद गर्न सकिने तथा जग्गा खरिदमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ। असोज १ देखि ४ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा सहभागी डेभलपर्स तथा रियलस्टेट कम्पनीहरूले उपभोक्ताको बजेट र आवश्यकताअनुसार घर तथा जग्गाका विभिन्न विकल्प प्रस्तुत गर्ने भएका छन्। एक्स्पोमा ५ हजार १ रुपैयाँमै टोकन बैना गर्न सकिने व्यवस्था गरिएको छ भने जग्गा मन नपरेमा उक्त टोकन रकम फिर्ता हुने सुविधा पनि राखिएको आयोजकले जनाएको छ।

एक्स्पो आयोजना तथा तयारी समितिका संयोजक रोशन भोयद्योका अनुसार उपभोक्ताले एउटै स्थानमा विभिन्न परियोजनाको मूल्य, स्थान, निर्माण अवस्था, भुक्तानी प्रक्रिया तथा अन्य सर्तबारे जानकारी लिएर घरजग्गा खरिदको निर्णय गर्न सक्नेछन्। घर निर्माण गर्न चाहने ग्राहकले निर्माणको जिम्मेवारी सम्बन्धित कम्पनीलाई नै दिन सक्ने व्यवस्था पनि गरिएको छ।

१ करोड ४० लाखसम्ममा काठमाडौं आसपास तीन बेडरुमको दुईतले घर

मध्यम तथा श्रमजीवी वर्गलाई लक्षित गर्दै काठमाडौं नजिकका क्षेत्रमा करिब १ करोड ४० लाख रुपैयाँसम्मको बजेटमा तीन बेडरुमसहितको दुईतले घर निर्माण गरी उपलब्ध गराउने अवधारणा पनि एक्स्पोमा प्रस्तुत गरिने भएको छ। नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष तथा एक्स्पोका आयोजकमध्येका एक दीपक कुँवरका अनुसार विशेषगरी नुवाकोट र रसुवालगायत काठमाडौं नजिकका जिल्लाका नागरिकलाई समेत सहज हुने गरी आवासीय परियोजना विकास गर्ने अवधारणा अघि सारिएको हो।

उनका अनुसार ठूलो परिमाणमा घर निर्माण गरेर लागत घटाउने र तुलनात्मक रूपमा सुलभ मूल्यमा बिक्री गर्ने अवधारणाअन्तर्गत यस्ता आवासीय घर विकास गरिनेछ। ग्रान्डी डेभलपर्सलगायतका कम्पनीमार्फत यस्ता घरका परियोजना एक्स्पोमा प्रस्तुत गरिने उनले जानकारी दिए। नेपाल जग्गा तथा आवास विकास महासंघका वरिष्ठ कानुनी सल्लाहकार डा। गोकुलप्रसाद बुर्लाकोटीले घरजग्गाको मूल्य बढ्दै जाँदा मध्यम वर्गीय उपभोक्ताका लागि आफ्नै घरको सपना पूरा गर्न चुनौती बढेको बताए। ठूलो परिमाणमा आवास निर्माण गरी लागत घटाउने अवधारणाले मध्यम वर्गलाई आवासको पहुँचमा ल्याउन सहयोग पुग्ने उनको भनाइ छ। उनका अनुसार एक्स्पोमा उपभोक्ताले बिक्रीकर्तासँग प्रत्यक्ष संवाद गरी परियोजनाको स्थान, मूल्य, निर्माणको अवस्था, भुक्तानी प्रक्रिया तथा अन्य सर्तबारे जानकारी लिन सक्नेछन्।

बैंकिङ तथा निर्माणसम्बन्धी परामर्श एउटै स्थानमा

आयोजकका अनुसार एक्स्पोमा घरजग्गा खरिद–बिक्री तथा निर्माणसम्बन्धी निःशुल्क परामर्शको व्यवस्था गरिएको छ। बैंक तथा वित्तीय संस्थाको सहभागिताका कारण सम्भावित घर खरिदकर्ताले आवासीय कर्जा, लगानी तथा वित्तीय व्यवस्थापनसम्बन्धी जानकारीसमेत एउटै स्थानबाट प्राप्त गर्न सक्नेछन्। बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गएको र ब्याजदर घट्दो क्रममा रहेको अवस्थामा आवास क्षेत्रमा कर्जा प्रवाह बढाउने सम्भावनालाई समेत एक्स्पोले जोड दिएको आयोजकको भनाइ छ। एक्स्पोमा घर तथा जग्गासँगै निर्माण सामग्री र प्रविधिसम्बन्धी उत्पादन पनि प्रदर्शन गरिनेछ। सिमेन्ट, स्टिल, पेन्ट, काठ, सिसा, सेनिटरी सामग्री, विद्युतीय उपकरण, फर्निचर, इन्टेरियर डिजाइन, सौर्य ऊर्जा, वर्षाको पानी संकलन तथा फोहोर व्यवस्थापन प्रविधिसहितका उत्पादन र सेवा प्रदर्शनीमा रहनेछन्।

भूकम्पप्रतिरोधी तथा हरित निर्माण संरचनाको जानकारी

घर निर्माण गर्नुअघि प्राविधिक जानकारी लिन चाहने उपभोक्ताका लागि इन्जिनियर, आर्किटेक्ट तथा निर्माण क्षेत्रका विज्ञबाट निःशुल्क परामर्शको व्यवस्था गरिएको छ। भूकम्पप्रतिरोधी संरचना, घरको डिजाइन, निर्माण सामग्री छनोट, लागत व्यवस्थापन तथा सुरक्षित निर्माण प्रविधिबारे विज्ञसँग प्रत्यक्ष छलफल गर्न सकिने आयोजकले जनाएको छ। एक्स्पोमा वातावरणमैत्री तथा दिगो निर्माण प्रविधिलाई समेत प्राथमिकता दिइएको छ। सौर्य ऊर्जा, वर्षाको पानी संकलन, फोहोर व्यवस्थापन तथा ऊर्जा–दक्ष प्रविधिसम्बन्धी सामग्री र समाधान प्रदर्शनीमा राखिनेछन्।

डिजिटल प्रविधिसहित ‘पेपरलेस एक्स्पो’

यसपटकको एक्स्पोलाई प्रविधिमैत्री बनाउने प्रयाससमेत गरिएको छ। डिजिटल स्ट्यान्डी, इलेक्ट्रोनिक कियोस्क, डिजिटल डिस्प्ले तथा भर्चुअल रियालिटी प्रविधिको प्रयोग गरिने आयोजकले जनाएको छ। कागजी सामग्रीको प्रयोग घटाउँदै एक्स्पोलाई ‘पेपरलेस एक्स्पो’ बनाउने लक्ष्य राखिएको छ। नयाँ व्यवसाय सुरु गर्न चाहने युवा तथा उद्यमीलाई लक्षित गर्दै तालिम र व्यावसायिक परामर्शको सुविधा पनि उपलब्ध गराइनेछ। छनोट भएका नयाँ तथा युवा उद्यमीलाई निःशुल्क तालिम तथा परामर्श दिने योजना आयोजकले अघि सारेको छ।

यसैगरी, एक्स्पो अवधिमा सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्यसम्बन्धी कार्यक्रमसमेत सञ्चालन गरिने भएको छ। ओम अस्पताल र ग्रान्डी इन्टरनेसनल हस्पिटलको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ भने रक्तदान कार्यक्रम पनि आयोजना गरिने आयोजकले जनाएको छ। ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको एक्स्पोको मुख्य उद्देश्य सुरक्षित, सुव्यवस्थित तथा वैज्ञानिक बस्ती विकासमार्फत दिगो शहरीकरणलाई प्रवर्धन गर्नु रहेको आयोजकले जनाएको छ।

नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजनामा हुने एक्स्पोमा नेपाल चेम्बर अफ कमर्सको ७५औँ हिरक जयन्तीको अवसरमा चेम्बरको समेत सहकार्य रहनेछ। प्रदर्शनीको व्यवस्थापन सिया इभेन्ट एसोसिएट्स प्रालिले गर्नेछ। एक्स्पोको टाइटल स्पोन्सर सिजी प्रोपर्टिजरसिजी होल्डिङ्स, पावर्ड बाइ स्पोन्सर एशियन पेन्ट्स, इन्स्योरेन्स पार्टनर प्रभु इन्स्योरेन्स तथा सहयोगी संस्थामा स्मार्ट पानी, केबी र यूएचएस होल्डिङ्स रहेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit