नेपालगन्ज । एथर नेपालले आफ्नो विद्युतीय गतिशीलता सेवाको सञ्जाल विस्तार गर्दै नेपालगन्जमा १५औँ ‘एक्सपेरियन्स सेन्टर’ सञ्चालनमा ल्याएको छ।
बसपार्क रोड, न्युरोड–२, नेपालगन्जमा स्थापना गरिएको उक्त केन्द्रबाट नेपालगन्ज तथा आसपासका ग्राहकलाई एथरका विद्युतीय स्कुटर, प्रविधि तथा सेवाबारे सहजता हुने कम्पनीले जनाएको छ। नेपालमा प्रिमियम, भरपर्दो तथा प्रविधिमैत्री विद्युतीय सवारीको पहुँच विस्तार गर्ने उद्देश्यअनुरूप एथर नेपालले विभिन्न प्रमुख शहरमा आफ्नो सेवा सञ्जाल विस्तार गर्दै आएको जनाएको छ। नेपालगन्जमा नयाँ केन्द्र सञ्चालनमा आएसँगै एथरका एक्सपेरियन्स सेन्टर काठमाडौं, पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, बिर्तामोड, वीरगन्ज, धरान र विराटनगरलगायतका शहरमा पुगेका छन्।

नेपालगन्जस्थित नयाँ एक्सपेरियन्स सेन्टरमा एथरका विभिन्न विद्युतीय स्कुटर उपलब्ध हुनेछन्। त्यसमध्ये एथर ४५० र एथर रिज्टा प्रमुख छन्। एथर ४५० गतिशील तथा उच्च कार्यक्षमता भएको विद्युतीय स्कुटरको अनुभव लिन चाहने चालकलाई लक्षित गरी तयार गरिएको कम्पनीले जनाएको छ। उत्तरदायी गति, आधुनिक डिजाइन तथा प्रविधिमैत्री विशेषताले यसलाई शहरी आवागमनका लागि उपयुक्त बनाएको कम्पनीको दाबी छ। त्यस्तै, एथर रिज्टा दैनिक तथा पारिवारिक प्रयोगलाई ध्यानमा राखेर विकास गरिएको विद्युतीय स्कुटर हो।
एथरले आफ्ना विद्युतीय स्कुटरमा प्रविधिमा आधारित विभिन्न सुविधा समावेश गर्दै आएको छ। कम्पनीका अनुसार एथरका नवीनतम प्रविधिमध्ये ‘म्याजिक ट्विस्ट’, ‘इन्फिनिट क्रुज’ र ‘भ्वाइस इन्टर्याक्सन’ प्रमुख छन्।‘म्याजिक ट्विस्ट’ सुविधामार्फत थ्रोटललाई घुमाएर नियन्त्रित रूपमा गति घटाउन तथा ब्रेकिङ गर्न सकिन्छ। यसले पटक–पटक ब्रेकको लिभर प्रयोग गर्नुपर्ने आवश्यकता कम गर्ने कम्पनीको भनाइ छ। त्यस्तै, ‘इन्फिनिट क्रुज’ सुविधाले लामो दूरीको यात्रामा स्थिर गतिमा स्कुटर चलाउन सहज बनाउने तथा चालकको प्रयास कम गर्न सहयोग गर्ने जनाइएको छ। ‘भ्वाइस इन्टर्याक्सन’ सुविधामार्फत आवाजका माध्यमबाट स्कुटरसँग विभिन्न प्रकारका अन्तर्क्रिया गर्न सकिने कम्पनीले जनाएको छ। यी प्रविधिमार्फत विद्युतीय सवारीलाई वातावरणमैत्री मात्र नभई स्मार्ट, सहज र दैनिक प्रयोगका लागि थप सुविधाजनक बनाउने एथरको लक्ष्य रहेको छ।

‘एथर एस्योरेन्स’मार्फत स्वामित्वको भरोसा
विद्युतीय सवारीको प्रयोग बढ्दै जाँदा ब्याट्रीको आयु, बिक्रीपछिको सेवा तथा दीर्घकालीन स्वामित्वप्रति ग्राहकको विश्वास महत्वपूर्ण बन्दै गएको अवस्थामा एथर नेपालले ‘एथर एस्योरेन्स’लाई प्राथमिकतामा राखेको जनाएको छ। यसअन्तर्गत ‘एथर्स एटसेभेन्टी’ ब्याट्री वारेन्टीलाई महत्वपूर्ण पक्षका रूपमा अघि सारिएको छ। यसले स्कुटरको ब्याट्रीसम्बन्धी दीर्घकालीन सुरक्षा तथा भरोसा प्रदान गर्ने कम्पनीको दाबी छ। एथर नेपालले चार्जिङ तथा मर्मतसम्भारको पूर्वाधारसमेत विस्तार गर्दै आएको जनाएको छ। हाल नेपालभर ५० भन्दा बढी द्रुत चार्जिङ केन्द्र तथा १० भन्दा बढी आधिकारिक सेवा केन्द्र सञ्चालनमा रहेको कम्पनीले जनाएको छ। अनुभव केन्द्र, आधिकारिक सेवा केन्द्र र द्रुत चार्जिङ पूर्वाधारको विस्तारमार्फत स्कुटर खरिददेखि सम्पूर्ण स्वामित्व अवधिसम्म ग्राहकलाई आवश्यक सेवा तथा सहयोग उपलब्ध गराउने कम्पनीको लक्ष्य रहेको छ।
नेपालगन्जका ग्राहकलाई विशेष योजना
नेपालगन्जमा १५औँ एक्सपेरियन्स सेन्टर सञ्चालनको अवसरमा एथर नेपालले स्थानीय ग्राहकका लागि विशेष योजना पनि सार्वजनिक गरेको छ। कम्पनीका अनुसार उक्त योजना ३ असोज २०८३ सम्म लागू हुनेछ। योजनाअन्तर्गत नगद खरिद गर्ने ग्राहकले ८ वर्षको थप ब्याट्री वारेन्टी प्राप्त गर्नेछन्। किस्ताबन्दीमा खरिद गर्ने ग्राहकका लागि शून्य प्रतिशत ब्याजदरमा वित्तीय सुविधा उपलब्ध गराइनेछ। त्यस्तै, पुरानो सवारी साटेर एथरको विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकले ८ हजार रुपैयाँ थप मूल्यांकन सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ।
नेपालगन्जमा नयाँ एक्सपेरियन्स सेन्टर सञ्चालनसँगै एथर नेपालले काठमाडौं तथा अन्य प्रमुख शहरमा मात्र सीमित नरही देशका विभिन्न क्षेत्रमा विद्युतीय गतिशीलता, प्रविधि, चार्जिङ पूर्वाधार तथा बिक्रीपछिको सेवाको पहुँच विस्तार गर्ने आफ्नो योजनालाई निरन्तरता दिँदै आएको जनाएको छ।















प्रतिक्रिया दिनुहोस्