Advertisement
Advertisement
Corporate Samachar
३ मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

एक्स्ट्रिमको साथमा काठमाडौंमा पीएमजिओ साउथ एसिया फाइनल्स आजदेखि

एक्स्ट्रिमको साथमा काठमाडौंमा पीएमजिओ साउथ एसिया फाइनल्स आजदेखि
विज्ञापन
Advertisement

काठमाडौं । नेपालमा पब्जी मोबाइल गेमिङ तथा ई–स्पोर्ट्सको ठूलो प्रतियोगिताका रूपमा रहेको पब्जी मोबाइल ग्लोबल ओपन (पीएमजिओ) साउथ एसिया फाइनल्स २०२६ आजबाट सुरु हुने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

आजदेखि असोज ३ गतेसम्म प्रतियोगिता काठमाडौंस्थित दशरथ रंगशालाको कभर्ड हलमा सञ्चालन हुनेछ । प्रतियोगिताको मुख्य प्रायोजकमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहेको छ। नेपालमा गेमिङ तथा ई–स्पोर्ट्सप्रति बढ्दो आकर्षणलाई थप विस्तार गर्न प्रतियोगिताले योगदान पुर्‍याउने आयोजकको विश्वास छ ।

चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा गेमिङ प्रतिस्पर्धासँगै दर्शक तथा सहभागीलाई लक्षित गरी विभिन्न मनोरञ्जनात्मक गतिविधिसमेत सञ्चालन गरिनेछ । यसका लागि प्रतियोगिता स्थलमा एक्स्ट्रिम इनर्जी ड्रिंक एक्सपेरियन्स जोन स्थापना गरिने जनाइएको छ । उक्त क्षेत्रमा मनोरञ्जनात्मक खेल, चुनौतीपूर्ण गतिविधि, विभिन्न प्रतियोगिता, फोटो खिच्ने अवसर तथा तत्काल उपहार वितरणलगायतका कार्यक्रम सञ्चालन हुनेछन् । यस्तै, एक्स्ट्रिम फन एन्ड एक्सपेरियन्स जोन, वाच पार्टी जोन, एक्स्ट्रिम गेमिङ च्यालेन्ज तथा एक्स्ट्रिम फोटो एन्ड कन्टेन्ट जोन समेत सञ्चालन गरिने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार प्रतियोगिताले नेपालमा पब्जी मोबाइल गेमिङसँगै ई–स्पोर्ट्स संस्कृति प्रवद्र्धन गर्न सहयोग पुग्नेछ । प्रतियोगितामा प्रतिस्पर्धा हेर्न आउने दर्शकले गेमिङको अनुभवसँगै मनोरञ्जन, सहभागिता र नयाँ अनुभवसमेत लिन सक्ने बताइएको छ । पीएमजिओ साउथ एसिया फाइनल्स २०२६ नेपालमा ई–स्पोर्ट्सको बढ्दो लोकप्रियतालाई थप गति दिने महत्वपूर्ण प्रतियोगिताका रूपमा हेरिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit