Advertisement
Advertisement
Corporate Samachar
३ मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

चाडपर्वमा अत्यावश्यक वस्तुको ढुवानी नरोक्न ट्रक व्यवसायीको सरकारलाई आग्रह

चाडपर्वमा अत्यावश्यक वस्तुको ढुवानी नरोक्न ट्रक व्यवसायीको सरकारलाई आग्रह
विज्ञापन
Advertisement

काठमाडौं। दशैंको समयमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भए पनि अत्यावश्यक वस्तुको आपूर्ति प्रभावित नहुने गरी मालवाहक सवारीसाधन सञ्चालनको व्यवस्था गर्न नेपाल ट्रक व्यवसायी महासंघले सरकारसँग आग्रह गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा महासंघका अध्यक्ष राजेन्द्र विक्रम बाँनिया र महासचिव बद्रीप्रसाद चौलागाईंले दशैंका बेला सडकको अवस्था, यात्रुवाहक सवारीसाधनको चाप र बजारको मागलाई ध्यानमा राखेर मालवाहक सवारीसाधन सञ्चालनको व्यावहारिक व्यवस्था गर्नुपर्ने सुझाव दिएका हुन्।

महासंघका अध्यक्ष बाँनियाले सडक विभागले विभिन्न सडकखण्डको अवस्थाबारे जानकारी गराइसकेको भन्दै त्यसैलाई आधार बनाएर दशैंमा मालवाहक सवारीसाधन सञ्चालनको योजना बनाउनुपर्ने बताए। सडकको अवस्था कमजोर रहेका र यात्रुवाहक सवारीसाधनको चाप अत्यधिक हुने सडकखण्डमा ठूला मालवाहक सवारीसाधनको सञ्चालन समय तथा तरिका व्यवस्थापन गर्न सकिने उनको भनाइ छ।

तर खाद्यान्न, इन्धन तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई भने प्राथमिकताका साथ सञ्चालन गर्नुपर्ने महासंघको धारणा छ।‘सडक विभागले कुन सडक कस्तो अवस्थामा छ भन्ने जानकारी गराएको छ। त्यसका आधारमा ठूला मालवाहक सवारीसाधन नल्याउने, तर अत्यावश्यक सामान लिएर आउने सवारीसाधनलाई सञ्चालन गर्न दिने विषयमा छलफल भयो,’ अध्यक्ष बाँनियाले भने।

उनका अनुसार दशैंमा यात्रुवाहक सवारीसाधनको संख्या उल्लेख्य रूपमा बढ्ने भएकाले मालवाहक सवारीसाधनको आवतजावतमा सडक र समयअनुसार व्यवस्थापन आवश्यक हुन्छ। यसरी व्यवस्थापन गर्दा यात्रुको आवतजावतलाई सहज बनाउँदै अत्यावश्यक वस्तुको आपूर्ति पनि निरन्तर राख्न सकिने महासंघको विश्वास छ।‘अत्यावश्यक सामानको ढुवानी रोक्नु हुँदैन। यात्रुवाहक सवारीसाधन बढी चल्ने भएकाले त्यसलाई ध्यानमा राखेर मालवाहक सवारीसाधन सञ्चालन गर्ने विषयमा सुझाव दिएका छौँ। विभागसँग अझ राम्रोसँग बसेर आवश्यक व्यवस्थापन गर्ने कुरा भएको छ,’ उनले भने।

दशैंका समयमा देशका विभिन्न शहर तथा बजारमा खाद्यान्न, पेय पदार्थ, इन्धनलगायत दैनिक उपभोग्य वस्तुको माग बढ्ने गर्छ। यस्तो अवस्थामा ढुवानी प्रणालीमा अवरोध आए बजारमा वस्तुको अभाव र मूल्यमा दबाब पर्न सक्ने भएकाले आपूर्ति शृंखला निरन्तर राख्नुपर्ने महासंघले जनाएको छ। महासंघले यात्रुवाहक सवारीसाधनको चापलाई बेवास्ता गरेर सबै प्रकारका मालवाहक सवारीसाधन सञ्चालन गर्नुपर्ने माग भने गरेको छैन। सडकको अवस्था, यात्रुको आवतजावत र ढुवानी गरिने वस्तुको प्रकृतिका आधारमा सामान्य तथा अत्यावश्यक सामग्री बोकेका मालवाहक सवारीसाधनलाई फरक ढंगले व्यवस्थापन गर्नुपर्ने उसको सुझाव छ।

बैठकमा यस वर्ष बाढीपहिरोका कारण सडक पूर्वाधारमा परेको असरका बीच दशैंमा कम्तीमा १५ देखि १६ लाख यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउनुपर्ने चुनौती रहेको समेत औँल्याइएको थियो। गत वर्ष दशैंको समयमा उपत्यकाबाट करिब १९ देखि २० लाख यात्रु बाहिरिएका थिए। यसैगरी, बैठकमा यात्रुको सहजताका लागि अनलाइन टिकट बुकिङको सुविधा प्रभावकारी बनाउनुका साथै दशैंको भाडादर कम्तीमा १० दिनअघि सार्वजनिक गर्नुपर्ने सुझावसमेत सांसदहरुले दिएका छन् ।

महासंघले दशैंअघि नै सडकको अवस्था र सवारी चापको मूल्यांकन गरी सरकारले मालवाहक तथा यात्रुवाहक सवारीसाधन सञ्चालनसम्बन्धी स्पष्ट कार्ययोजना बनाउनुपर्नेमा जोड दिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit