Advertisement
Advertisement
Corporate Samachar
३ मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

फुड इम्पायर होल्डिङ्सद्वारा बाढीपीडितलाई चेम्बरमार्फत राहत प्रदान

फुड इम्पायर होल्डिङ्सद्वारा बाढीपीडितलाई चेम्बरमार्फत राहत प्रदान
विज्ञापन
Advertisement

काठमाडौं । विश्वप्रसिद्ध म्याक कफी ब्रान्ड उत्पादक कम्पनी फुड इम्पायर होल्डिङ्स लिमिटेड सिंगापुरले नेपालका बाढी प्रभावित नागरिकका लागि राहत सहयोग उपलब्ध गराएको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले नेपाल चेम्बर अफ कमर्स (एनसीसी) मार्फत बाढी प्रभावित क्षेत्रमा राहत तथा मानवीय सहायता पु¥याउने उद्देश्यले उक्त सहयोग गरेको हो। हालैको बाढीबाट प्रभावित रसुवालगायतका क्षेत्रमा आवश्यक राहत सामग्री उपलब्ध गराउन कम्पनीले सहयोग गरेको जनाइएको छ।

चेम्बरका कार्यसमिति सदस्य तथा आर्कस ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रजुल श्रेष्ठका अनुसार फुड इम्पायर होल्डिङ्सले आर्कस ग्रुपसँगको समन्वयमा नेपाल चेम्बरमार्फत राहत सहयोग उपलब्ध गराएको हो। श्रेष्ठले प्राप्त सहयोगलाई प्रभावित नागरिकको तत्कालीन आवश्यकता पहिचान गरी खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीका रूपमा वितरण गर्ने व्यवस्था गरिएको बताए।

उनका अनुसार पहिलो चरणमा माथिल्लो त्रिशूली क्षेत्रमा खाद्यान्न, लत्ताकपडा, सेनेटरी प्याडलगायतका राहत सामग्री वितरण गरिएको छ। पहिलो चरणमा करिब ३ लाख रुपैयाँ बराबरको राहत सामग्री प्रभावित क्षेत्रमा वितरण गरिएको श्रेष्ठले जानकारी दिए। बाढी प्रभावित क्षेत्रबाट प्राप्त माग र आवश्यकताका आधारमा थप २७ लाख रुपैयाँ बराबरका अत्यावश्यक राहत सामग्री प्रभावित क्षेत्रमा पठाइने उनले बताए।

फुड इम्पायर होल्डिङ्सको सहयोगलाई चेम्बरमार्फत प्रभावित समुदायसम्म पुर्‍याउने क्रममा तत्काल आवश्यक पर्ने आधारभूत सामग्रीलाई प्राथमिकता दिइएको चेम्बरले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit