Advertisement
Advertisement
Corporate Samachar
२९ कार्तिक २०८३, आईतवार
Advertisement
Advertisement

भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री वाग्लेले जयशङ्करसहित उच्चस्तरीय भेटवार्ता गर्दै

भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री वाग्लेले जयशङ्करसहित उच्चस्तरीय भेटवार्ता गर्दै
विज्ञापन
Advertisement

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन शुक्रबार विभिन्न उच्चस्तरीय कूटनीतिक तथा द्विपक्षीय भेटवार्ता गर्ने भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

तीनदिने भारत भ्रमणका क्रममा बिहीबार नयाँदिल्ली पुगेका अर्थमन्त्री वाग्लेले सोही दिन भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग द्विपक्षीय भेटवार्ता गरिसकेका छन् । भ्रमणको दोस्रो दिन आज विभिन्न कार्यक्रम तथा भेटघाटमा सहभागी हुने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ । शुक्रबार बिहान ९ बजे इन्डिया इन्टरनेसनल सेन्टरमा पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवादमा अर्थमन्त्री वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी छन् । कार्यक्रममा उनले नेपाल–भारत सम्बन्ध तथा आर्थिक सहकार्यलगायत विषयमा आफ्नो धारणा राख्नेछन् । यस्तै, अर्थमन्त्री वाग्लेले शुक्रबार साँझ ५ बजे भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी, भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अशरफले भारत मण्डपममा आयोजना गर्ने बृहत् भेटघाट कार्यक्रममा पनि अर्थमन्त्री सहभागी हुनेछन् । उक्त कार्यक्रममा नेपाल–भारत आर्थिक सहकार्यका विभिन्न आयामबारे उच्चस्तरीय छलफल हुने बताइएको छ । अर्थमन्त्री वाग्लेको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नेपाली दूतावास नयाँदिल्लीका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा, आर्थिक मन्त्री तारानाथ अधिकारी तथा अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत सहभागी छन् ।

भ्रमणको तेस्रो दिन शनिबार निजी क्षेत्रका प्रतिनिधि तथा अन्य उच्चस्तरीय भेटघाट सम्पन्न गरी अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल नेपाल फर्कने कार्यक्रम रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit