Advertisement
Advertisement
Corporate Samachar
३ मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

कांग्रेसको १५औँ महाधिवेशन:  गगन थापा सर्वसम्मत, विश्वप्रकाश निर्वाचित प्रतिनिधि, देशभर करिब ४४ हजार युवा नेतृत्वमा

कांग्रेसको १५औँ महाधिवेशन:  गगन थापा सर्वसम्मत, विश्वप्रकाश निर्वाचित प्रतिनिधि, देशभर करिब ४४ हजार युवा नेतृत्वमा
विज्ञापन
Advertisement

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापा क्षेत्र नम्बर १ बाट पार्टीका उपसभापति विश्वप्रकाश शर्मा सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।

विज्ञापन
Advertisement
Advertisement

खुलातर्फ भएको निर्वाचनमा शर्माले ६३८ मत प्राप्त गर्दै सबैभन्दा बढी मत ल्याएर प्रतिनिधि चयन भएका हुन्। झापा–१ मा महाधिवेशन प्रतिनिधि छनोटका लागि ७१० जना मतदाता रहेका थिए। खुलातर्फ शर्मासँगै केशवराज पाण्डे, नारायण गिरी, भुपु राई, अर्जुन राई, प्रेम सम्बाहाङ्फे, गोपाल तामाङ, पुष्पराज पौडेल, टेकबहादुर लिम्बु र लोकराज ढकाल पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।

यसैबीच कांग्रेस सभापति गगनकुमार थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधि चयन भएका छन्। थापा सर्वसम्मत रूपमा प्रतिनिधि चयन भएका हुन्। कांग्रेसको १५औँ महाधिवेशन असोज १६ गते गर्ने कार्यतालिका रहे पनि बाढीपहिरोलगायतका प्राकृतिक विपत्तिका कारण महाधिवेशन केही दिन पछि सार्ने तयारी भइरहेको छ। यसबीच संस्थापनइतरको शेरबहादुर देउवा समूहले समेत मंसिरमा छुट्टै महाधिवेशन गर्ने तयारी थालेको बताइएको छ।

कांग्रेसको यसपटकको अधिवेशनमा युवा सहभागिता भने उल्लेखनीय देखिएको छ। विधान मस्यौदा समितिका सदस्य सचिव प्रताप पौडेलका अनुसार पार्टीको नयाँ व्यवस्थाअनुसार देशभर करिब ४४ हजार ३५ वर्षमुनिका युवाले विभिन्न पदीय जिम्मेवारी पाएका छन्। नयाँ विधानअनुसार प्रत्येक वडाबाट ३५ वर्षमुनिका कम्तीमा तीन युवा, त्यसमध्ये कम्तीमा एक महिला, क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित हुने व्यवस्था गरिएको छ। क्रियाशील सदस्यताको संख्याका आधारमा एक वडाबाट तीनदेखि सात जनासम्म युवा प्रतिनिधि निर्वाचित हुन सक्ने प्रावधान छ।

औसतमा पाँच जना युवा निर्वाचित भएको आधारमा ६ हजार ७४३ वडाबाट करिब ३३ हजार ७१५ जना युवा क्षेत्रीय प्रतिनिधि बनेका छन्। त्यस्तै गाउँपालिकाका वडाबाट एक–एक जना र नगरपालिकाका वडाबाट दुई–दुई जना युवा वडा कार्यसमिति सदस्यमा निर्वाचित हुने व्यवस्थाअनुसार थप १० हजार २७१ युवाले जिम्मेवारी पाएका छन्। यसरी क्षेत्रीय प्रतिनिधि र वडा सदस्य गरी कुल ४३ हजार ९८६ जना ३५ वर्षमुनिका युवा कांग्रेसको संगठनात्मक संरचनामा जिम्मेवारीमा पुगेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit