काठमाडौं। म्याक्स टाइगर इनर्जी ड्रिङ्क्सको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत हालसम्म नौ जना उपभोक्ताले यामाहाका मोटरसाइकल तथा स्कुटर जितेका छन्।
देशका विभिन्न स्थानका उपभोक्ताले इनर्जी ड्रिङ्क्स खरिद गरेकै आधारमा मोटरसाइकल र स्कुटर जित्ने अवसर पाएका हुन् । कम्पनीका अनुसार अभियानअन्तर्गत सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका छन्। त्यस्तै, बनेपाका राजकुमार तामाङ र धादिङका सञ्जोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल हात पारेका छन् । बुटवलका नरबहादुर फौगाडले स्कुटर र धनगढीका मोहन श्रेष्ठले मोटरसाइकल पाइसकेका छन् ।
यसैगरी, पछिल्लो चरणमा सार्वजनिक भएका विजेतामा जनकपुरका कौटल्य कुमार सिंह र बिर्तामोडका तेज नारायण सिंहले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। धरानका मनोज कुमार अधिकारी र वीरगञ्जका रमेश बस्नेतले भने यामाहा रे जेडआर स्कुटर प्राप्त गरेका छन् ।दशैंलाई लक्षित गरी सञ्चालन गरिएको यस अभियानमा कुल ३६ वटा दुईपाङ्ग्रे सवारीसाधन र एउटा कार पुरस्कारका रूपमा राखिएका छन्। अभियानअन्तर्गत १८ जनाले यामाहा एफजेड एफआई मोटरसाइकल र अन्य १८ जनाले यामाहा रे जेडआर स्कुटर जित्नेछन् । साथै, एक जना भाग्यशाली विजेताले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार प्राप्त गर्नेछन् । हालसम्म नौ जना विजेता सार्वजनिक भइसकेकाले अब २८ वटा सवारीसाधनका विजेता घोषणा हुन बाँकी छन्। यसले अभियानमा सहभागी उपभोक्ताका लागि मोटरसाइकल, स्कुटर तथा कार जित्ने अवसर अझै खुला रहेको कम्पनीले जनाएको छ ।
बनेपा, बुटवल, धादिङ, धनगढी, सुर्खेत, जनकपुर, धरान, बिर्तामोड र वीरगञ्जका उपभोक्ता विजेता बनेसँगै अभियानको सहभागिता देशका विभिन्न क्षेत्रमा फैलिएको कम्पनीको भनाइ छ । ‘हरेक क्यानमा ऊर्जा र हरेक जितमा नयाँ उत्साह’ भन्ने नारासहित सञ्चालन भइरहेको अभियानले उपभोक्तालाई आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गरिरहेको कम्पनीले जनाएको छ । अब बाँकी पुरस्कारसँगै बम्परमा राखिएको प्रोटोन कार कसले जित्ने हो भन्ने चासो बढेको छ।















प्रतिक्रिया दिनुहोस्