Advertisement
Advertisement
Corporate Samachar
३ मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

१ अर्ब बढीको सिटिजन्स सुपर ५० म्युचुअल फण्डको आजदेखि बिक्री खुला

१ अर्ब बढीको सिटिजन्स सुपर ५० म्युचुअल फण्डको आजदेखि बिक्री खुला
विज्ञापन
Advertisement

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले सिटिजन्स सुपर ५० म्युचुअल फण्डको इकाई निष्काशन तथा बिक्री खुला गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले बुधबार (मंसिर २ गते) देखि सर्वसाधारण तथा संस्थागत लगानीकर्ताका लागि इकाई बिक्री खुला गरेको हो । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यो बन्दमुखी सामूहिक लगानी कोष योजनाको अवधि १० वर्ष रहेको छ । योजनाको प्रारम्भिक आकार १ अर्ब रुपैयाँ निर्धारण गरिएको छ भने माग तथा आवेदनको अवस्थाअनुसार यसको आकार अधिकतम १ अर्ब २५ करोड रुपैयाँसम्म पुर्‍याउन सकिने व्यवस्था गरिएको छ ।

योजनाको इकाई निष्काशन छिटोमा मंसिर ७ गते र ढिलोमा मंसिर १६ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ। योजनाको कुल आकारको १५ प्रतिशत रकम कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेसनलले बीज पुँजीका रूपमा लगानी गर्नेछ । सिटिजन्स सुपर ५० म्युचुअल फण्डको मुख्य विशेषता ५० वटा उत्कृष्ट तथा लगानीयोग्य कम्पनी छनोट गरी तिनमा लगानी केन्द्रित गर्नु हो। छनोट गरिएका कम्पनीको शेयरमा लगानी गर्दै विविधीकृत पोर्टफोलियो निर्माण र व्यावसायिक व्यवस्थापनमार्फत दीर्घकालीन प्रतिफल अभिवृद्धि गर्ने लक्ष्य योजनाले राखेको छ ।

विभिन्न कम्पनीको अध्ययन, छनोट तथा लगानी व्यवस्थापन गर्न कठिनाइ हुने लगानीकर्ताले समेत विशेषज्ञ योजना व्यवस्थापकमार्फत छनोट गरिएका कम्पनीको पोर्टफोलियोमा सामूहिक रूपमा लगानी गर्ने अवसर पाउनेछन् । यस योजनामा लगानी गर्न इच्छुक सर्वसाधारण तथा संस्थागत लगानीकर्ताले मेरो सेयर तथा आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन् । इकाई बाँडफाँडपछि योजना नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुनेछ । त्यसपछि लगानीकर्ताले दोस्रो बजारमार्फत यसको इकाई खरिदबिक्री गर्न सक्नेछन् ।

कम्पनीका अनुसार यसअघि व्यवस्थापन गरेका बन्दमुखी योजनाहरू सिटिजन्स म्युचुअल फण्ड–१ र सिटिजन्स म्युचुअल फण्ड–२ मार्फत क्रमशः औसत वार्षिक १२ प्रतिशत र १०.४० प्रतिशत प्रतिफल प्रदान गरिएको थियो । विगतका योजनाको व्यवस्थापन अनुभव, लगानी अनुशासन तथा इकाईधनीको हित संरक्षणलाई प्राथमिकतामा राख्दै नयाँ योजनालाई पनि व्यावसायिक र व्यवस्थित ढंगले सञ्चालन गर्ने कम्पनीको लक्ष्य छ । सामूहिक लगानी कोष व्यवस्थापनसँगै सिटिजन्स क्यापिटलले लगानी व्यवस्थापन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिस्ट्रार, धितोपत्र प्रत्याभूति र संस्थागत परामर्शलगायतका मर्चेन्ट बैंकिङ तथा पुँजी बजारसम्बन्धी सेवा प्रदान गर्दै आएको छ । क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा राजेन्द्रलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतमा सविर बादे श्रेष्ठ रहेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit