काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससँगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सेवा सुरु गरेको छ ।
यो गेटवे सेवामार्फत बैंकका मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरुबाट जारी भएको भिसा तथा मास्टर कार्डहरुमार्फत भुक्तानी पाउन सक्नेछन् ।
ग्लोबल आइएमई बैंकले नेपालमा ईकमर्स कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले ‘ग्लोबल पेमेन्ट गेटवे‘ सञ्चालनमा ल्याएको हो ।
ग्लोबल पेमेन्ट गेटवेले बैंकका मर्चेन्टहरुलाई आफ्नो व्यवसायको दायरा विस्तार गरी देश तथा विदेशबाट सहज रुपमा भुक्तानी लिन सक्नेछन् । यो गेटवेको सुरुवातपश्चात् ईकमर्स मार्फत कारोबार गर्ने, ट्राभल तथा टुर एजेन्सी, होटल, एयरलाइन्स, हस्पिटल लगायतका सेवाग्राहीलाई सहज हुने बैंकले जनाएको छ ।
ग्लोबल पेमेन्ट गेटवेले राष्ट्रिय र अन्तर्राष्ट्रिय भुक्तानी प्रकृयालाई सहज बनाउने भएकोले बैंकका मर्चेन्टहरुको व्यवसाय वृद्धिमा सहयोग पुर्याउने तथा थ्रिडि सेक्योर्ड प्रविधिको प्रयोगमार्फत गरिने कारोबार थप सुरक्षित हुने बैंकले उल्लेख गरेको छ ।
ग्लोबल आइएमई बैंकले ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २२१ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय गरी कूल १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आएको छ ।

















प्रतिक्रिया दिनुहोस्