काठमाडौं । विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले नेपालका लागि ब्रान्ड एम्बेस्डरको रूपमा चर्चित अभिनेत्री स्वस्तिमा खड्कालाई नियुक्त गरेको छ । सो घोषणासँगै कम्पनीले ‘इनड्राइभसँग यात्रा तपाईंकै रोजाइमा’ भन्ने नारा सहित आफ्नो नयाँ ३६० डिग्री क्याम्पेन समेत सार्वजनिक गरेको छ । यो क्याम्पेनले स्वतन्त्रता, निष्पक्षता र पारदर्शितामा कम्पनीको मूल विश्वासलाई प्रतिविम्बित गर्ने विश्वास लिएको छ ।
क्याम्पेनले इनड्राइभको पियर–टू–पियर मोडेललाई आत्मसाथ गरेको छ । जहाँ प्रयोगकर्ताहरूले चालकसँग प्रत्यक्ष आफू अनुकूलको भाडा प्रस्ताव गर्न सक्नेछन् । यस सिस्टमले बराबरी, सम्मान र सहमतिको वातावरण सृजना गर्दै प्रत्येक यात्राको केन्द्रमा ‘स्वतन्त्रताको अधिकार’ स्थापित गर्ने कम्पनीले जनाएको छ ।
‘पिपुल फस्र्ट’ मिशनलाई बलियो बनाउँदै क्याम्पेनको मूल उद्देश्य पनि रोजाइको स्वतन्त्रता दिँदै प्रयोगकर्तालाई आफ्नो चालक रोज्ने, यात्राको भाडा आफैं निर्धारण गर्ने र एपमार्फत प्रत्यक्ष मोल मोलाई गर्ने रहेको उल्लेख गरेको छ । साथै, इनड्राइभ एपमार्फत यात्रुहरूले आफ्नै प्रस्तावित भाडा राख्न वा उपलब्ध चालकहरूको अफरहरु मध्ये गाडीको मोडेल, चालकको रेटिङ, र गाडी आउन लाग्ने समयका आधारमा छनोट गर्न सक्छन् । यसले यात्रु र चालक दुवैका लागि पारदर्शिता र नियन्त्रण सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।
बधबार नायिका खड्का क्याम्पेनको ब्रान्ड एम्बेसडर बनाएसँगै इनड्राइभले युवावर्गसँग आफ्नो सम्बन्ध अझ गाढा बनाउने लक्ष्य राखेको जनाएको छ ।
सो अवसरमा इनड्राइभका लागि एशिया–प्यासिफिक क्षेत्रका डाइरेक्टर मार्क टल्लीले खड्काको आत्मिकता, सत्यनिष्ठा र मूल्यहरुसँग इनड्राइभको दर्शनसँग क्याम्पेन पूर्णरूपमा मेल खाने बताए । उनले भने, ‘इनड्राइभका प्रमुख मूल्यहरू, स्वतन्त्रता, समानता, र समुदायलाई मूर्त रूप दिएको छ । नेपालमा हाम्रो ब्रान्डको प्रतिनिधित्व गर्न स्वस्तिमा खड्का जस्तो प्रभावशाली व्यक्तित्व पाउनु गर्वको विषय हो । उनको आत्मिकता, सत्यनिष्ठा र मूल्यहरु इनड्राइभको दर्शनसँग पूर्णरूपमा मेल खान्छ ।’
इनड्राइभ नेपालकी कन्ट्री प्रतिनिधि रीता पोखरेलले इनड्राइभले सधैं समुदायलाई सशक्त बनाउने र समुदायका मानिसहरुलाई वास्तविक रोजाइको स्वतन्त्रता दिँदै आएको उल्लेख गरिन् । उनले भनिन्, ‘यो क्याम्पेन र स्वस्तिमा खड्काको सहकार्यले निष्पक्ष गतिशीलता र पारदर्शिता प्रतिको हाम्रो प्रतिबद्धता झल्काउँछ । नेपालका प्रत्येक यात्रु र चालकहरुले उनीहरूको रोजाइ साँच्चिकै महत्त्वपूर्ण छ भनेर महसुस गरुन भन्ने हामी चाहन्छौँ ।’
त्यस्तै, ब्रान्ड एम्बासडर स्वस्तिमा खड्काले आफ्नो उत्साह व्यक्त गर्दै कम्पनीप्रति आफ्नो विश्वासबारे भनिन्, ‘ म अत्यन्त उत्साहित छु । इनड्राइभ निष्पक्षता र स्वतन्त्रताको पक्षमा उभिएको प्लेटफर्म हो । यात्रु र चालकले एकअर्कासँग मिलेर उचित मूल्य निर्धारण गर्न सक्ने सिस्टम मलाई अत्यन्तै मनपर्छ । यो परस्पर सम्मान, पारदर्शिता र सशक्तीकरणको कुरा हो, जुन म आफैं पनि अत्यन्तै विश्वास गर्छु ।’
इनड्राइभ नेपालमा आफ्नो सेवा र सामुदायिक संलग्नता विस्तार गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै ग्राहकका लागि आर्थिक अवसर, फेयर मोबिलिटी र सबैका लागि रोजाइको स्वतन्त्रता सुनिश्चित गर्ने जनाएको छ ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्